एसियन गेम्स : तेक्वान्दोका वीरबहादुर प्रि क्वाटरफाइनलमा पराजित
बुधबार, ०६ भाद्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संकरणको एसियन गेम्स अन्तर्गत तेक्वान्दो तर्फ नेपालका वीरबहादुर महरा दोस्रो चरणमा पराजित भएका छन् ।
पुरुषको फाइटतर्फ बुधबार ६३ केजीमुनिको प्रि क्वाटरफाइनलमा वीरबहादुर काजकिस्तानका काजिबेव बख्तयारुलीसंग पराजित भए । बाइ पाएर अन्तिम १६ मा पुगेका बख्तयारुलीले वीरबहादुरलाई ३० -१९ अंकले हराए ।
यसअघि वीरबहादुरले सागमा स्वर्ण बिजेता अफगानिस्तानका अहमेद बखासीलाई २४ - १३ अंकले हराएका थिए ।
पुरुषको फाइटतर्फ नेपालका भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि अफगानिस्तानका रमेश हुस्सैनीसंग २७ -७ अंकले पराजित भए ।












-1765539955299.jpeg&w=3840&q=75)


