एजेन्सी । क्रोएसियन डिफेन्डर डेजान लोभ्रेनले लिभरपुलको अहिले टिम निकै सन्तुलित टिम रहेको बताएका छन् ।
युवा खेलाडी, मध्यम र अनुभवी खेलाडीबीचको उत्कृष्ट तालमेलको कारण लिभरपुल सन्तुलित टिम भएको बताएका हुन् ।
'अनुभवी, युवा र मध्यम खेलाडीबीच मिश्रण हुनु महत्वपूर्ण रहेको छ । मलाई लाग्छ हामीसँग सन्तुलन छ,' क्लबको वेबसाइटसँग लोभ्रेनले भने ।
प्रिमियर लिगमा यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाएको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । लिभरपुलले १९९० पछि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन ।
तर, विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ ।
'हामी ठुला फाइनल र ठुला खेलहरू खेल्ने बानी भएका छौं र हामी यो कसरी प्रबन्ध गर्ने भन्ने जानेका छौँ । हामी १-० तल हुँदा पनि के गर्ने भनेर हामीलाई थाहा छ । यसैले टिममा सन्तुलन हुनु महत्त्वपूर्ण छ,' उनले थपे।
यस्तै लोभ्रेनले सन्तुलित टिम भएपनि टिमको सुधार अझै गर्न सकिने बताए । उनले लिभरपुल उपाधि जित्नका लागि योग्य टिम भएको समेत बताए ।
गत सिजन लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । तर, यस सिजन भने लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिएको छ ।