एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड ओडीयन इघालोले टिमका सहकर्मी ब्रुनो फर्नान्डेजले प्रिमियर लिग फुटबलमा आफ्नो अधिपत्य जमाउने बताएका छन् ।
युनाइटेडको वेबसाइटसँग कुरा गर्दै इघालोले मिडफिल्डर ब्रुनो युनाइटेडमा जम्न सके उनले प्रिमियर लिगमा आफ्नो पकड जमाउने बताएका हुन् ।
जनवरी ट्रान्सफरमा क्लब आएका ब्रुनोले प्रभावशाली प्रदर्शन गरिरहेको समेत इघालोले बताए ।
'उनी बौद्धिक छन्, ऊसँग दुरदर्शिता छ, उसको भिजन छ । बलसँग ऊ के चाहन्छ हामीले देखेको छौँ', इघालोले भने, 'ऊ प्रिमियर लिगको फरक स्थानमा आएको छ । यहाँ जम्न सके प्रिमियर लिगमा उसले तुफान ल्याउनेछ ।'
स्पोर्टिङ सिपिबाट युनाइटेड आएका ब्रुनोले ५ प्रिमियर लिगमा २ गोल र ३ खेलका लागि असिस्ट गरेका छन् । तर, कोरोना भाईरसको महामारीको कारण प्रिमियर लिग स्थगित भएको छ ।
'तपाई उसको र एन्थोनीको साझेदारी देख्न सक्नु हुन्छ । तपाई मेरो र ऊबीचको साझेदारी हेर्न सक्नु हुन्छ । त्यसैले ऊ एकदामी राम्रो खेलाडी हो,' इघालोले थपे ।