एजेन्सी । इंग्लिस क्लब ब्राइटनको रंगशालामा कोरोना भाईरसको परिक्षण केन्द्र बनाईएको छ।
इंग्ल्यान्डको दक्षिणी क्षेत्रको कोरोना प्रभावितको परिक्षणको लागि एमेक्स स्टेडियमलाई परिक्षण केन्द्रको रुपमा विकास गरिएको हो ।
यस क्षेत्रको सबैभन्दा ठुलो अस्थाई परिक्षण केन्द्रको रुपमा ब्राइटनको रंगशाला प्रयोग गरिएको हो ।
कोरोनाको कारण प्रिमियर लिग स्थगित रहेको छ । जसको कारण धेरै क्लबका रंगशालालाई कोरोना प्रभावितको उपचारको रुपमा प्रयोग गरिएको छ ।
कोरोनाको कारण इंग्ल्यान्डमा १६ हजार बढीको मृत्यु भईसकेको छ । १ लाख बढीमा कोरोनाको संक्रमण देखिएको छ ।
विश्वमा १ लाख ६० हजार बढी मानिसको मृत्यु भएको छ ।