एसियन गेम्स : तेक्वान्दोका वीरबहादुर दोस्रो चरणमा
बुधबार, ०६ भाद्र २०७५खेलपाटी संवाददाता
काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संकरणको एसियन गेम्स अन्तर्गत तेक्वान्दोतर्फ नेपालका वीरबहादुर महरा दोस्रो चरणमा प्रवेश गरेका छन् ।
बुधबार भएको पुरुषको फाइटतर्फ ६३ केजीमुनि वीरबहादुरले अफगानिस्तानका खेलाडीलाई हराए । वीरबहादुरले अफगानिस्तानका अहमेद बखासीलाई २४ - १३ अंकले हराए । अब क्वाटरफाइनल प्रवेशको लागि वीरबहादुरले काजेकिस्तानका खेलाडीसंग खेल्नेछन् ।
पुरुषको फाइटतर्फ नेपालका भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि अफगानिस्तानका रमेश हुस्सैनीसंग २७ -७ अंकले पराजित भए ।












-1765539955299.jpeg&w=3840&q=75)


