एजेन्सी । गाबोन फुटबल संघका अध्यक्ष पियरे एलेन मौनगेन्गुईले आर्सनल फरवार्ड पियरिक एम्रिक अबुमियाङले महत्वकांक्षी क्लब रोज्न आवश्यक रहेको बताएका छन् ।
गाबोन फुटबल संघका अध्यक्षले आफ्ना देशका अन्तराष्ट्रिय स्टारलाई लण्डन क्लब छाडेर नयाँ गन्तव्य रोज्न सुझाव दिएका छन् ।
आर्सनल फरवार्डले गत सिजन प्रिमियर लिगमा सर्वाधिक २२ गोल गरेका थिए ।
उनको आर्सनलसंगको सम्झौता सन् २०२१ म सकिदैछ ।
'उनी आर्सनलमा छन् । उनले यहाँ केही जितेका छैनन् । उनी सामुहिक रुपमा असफल छन् ।' मौनगेन्गुईले एक अन्तरवार्तामा भनेका छन् ।
'मैले आर्सनल महत्वकांक्षी छैन भनेको हैन । तर युरोपका अरु ठुला क्लब बराबरको महत्वकाक्षा आर्सनलसंग छैन ।' उनले थपेका छन् ।
गत महिना आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले अबुमियाङलाई कुनैपनि हालतमा क्लबका राख्ने बताएका थिए । उनले सिजनको अन्तिममा नयाँ सम्झौताको बिषयमा अबुमियाङ छलफल गर्ने उनको भनाई रहेको थियो ।
गोबानका अन्तराष्ट्रिय खेलाडीले सबै प्रतियोगिता २० गोल गरेका छन् । उनलाई पछिल्लो समय बार्सिलोना र ईन्टर मिलानले अनुबन्ध गर्न खोजिरहेका छन् ।
'यदी उनले धेरै महत्वकांक्षी क्लबमा आफुलाई सुरक्षित राख्न सके भने उनले आफ्नो स्थान भेट्टाउनेछन् ।' मौनगेन्गुइले भनेका छन् ।
'गाबोनका सबै जनता अबुमियाङलाई माथिल्लो स्तरमा देख्न चाहन्छन्, जहाँ उनी छन् । उनले आफ्नो करियर कुनै ठुलो क्लबबाट समाप्त गरेको हेर्न चाहन्छन् । कुनै ठुला क्लबबाट उनले मुख्य प्रतियोगिताको उपाधि सहित व्यक्तिगत अवार्ड जितेको जनता हेर्न चाहन्छन् ।' उनले भनेका छन् ।
सन् २०१८ मा उनी जर्मन क्लब बोरुसिया डर्टमण्डबाट ५६ मिलियन पाउण्डमा आर्सनल आएका थिए । तर उनी युरोपा लिग र कारवाओ कपको फाईनलमा उपाधि जित्न असफल भएका थिए । लण्डन क्लबमा उनी उपाधि विहिन रहेका छन् ।