एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लिजेण्ड पाउल स्कोल्सले व्यावसायिक खेल जीवनमा आफुलाई इटालियन क्लब इन्टर मिलानले मात्र अनुबन्ध गर्न चाहेको बताएका छन् ।
इंग्ल्यान्डका पूर्व महान मिडफिल्डर स्कोल्सले बीबीसीसँग कुरा गर्दै ओल्ड ट्राफोर्डमा रहदा इन्टर मिलानले अनुबन्धको लागि चाँसो देखाएको बताएका हुन् ।
'मलाई कहिलै पनि कुनै टोली मेरो लागि आउँदैछ भनेर सचेत गराईएको थिएन,' स्कोल्सले भने, 'एकपटक मेर पुरानो एजेन्ट ब्रायन रोबसनसँग फोनमा कुरा भएको थियो । तिमीलाई इन्टर जान मन लागेको छ भनेर सोधेका थिए । त्यसपछि मलाई कसैले पनि सोधेनन् ।'
४५ वर्षे स्कोल्सले युनाइटेड बाहेक अन्य क्लबबाट खेलेनन् । लामो समय युनाइटेडमा रहेका स्कोल्सले क्लबका लागि ११ प्रिमियर लिग र २ च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनले अन्य थुप्रै उपाधि समेत जितेका थिए ।
यस्तै स्कोल्सले आफुले युनाइटेड बाहेक अन्य क्लब जानेबारे नसोचेको समेत बताए ।
'म मेरो बाल्यकालको क्लबमा खेलिरहेको थिएँ । म म्यानचेस्टरका केटा थिएँ । हामीले ट्रफीहरु जितिरहेका थियौं,' उनले भने, 'निश्चित रूपमा चाहेको भए म जान सक्थे । विदेशमा ठुला क्लब थिए । तर, बार्सिलोना, रियल मड्रिड वा एसी मिलानको बारेमा कहिल्यै सोच्न आएन ।'