एजेन्सी । वेल्सका मिडफिल्डर आरोन राम्सीले पोर्चुगिज क्रिस्टियानो रोनाल्डो असाधारण खेलाडी भएको बताएका छन् ।
सामाजिक संजाल इन्स्टाग्राम समर्थकसँग लाईभमा राम्सीले युभेन्ट्सका सहकर्मी रोनाल्डोलाई असाधारण खेलाडीको रुपमा व्याख्या गरेका हुन् ।
'उहाँ एक असाधारण खेलाडी हुन् । उहाँ विजेता हुन् । उनी हरेक खेल जित्न चाहन्छन,' राम्सीले भनेका छन्, 'उहाँ अविश्वसनीय हुनुहुन्छ । उहाँ खेल इतिहासमा सबै भन्दा महान खेलाडी हुनुहुन्छ।'

रोनाल्डोले यस सिजन क्लबका लागि ३२ खेलमा २५ गोल गरिसकेका छन् । तर, अहिले कोरोना भाईरसको कारण सिरी 'ए' लिग अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
यस्तै राम्सीले युभेन्ट्स विश्वकै ठुलो क्लब रहेको र क्लबबाट धेरै उपाधि जित्न चाहेको समेत बताए ।
राम्सी गत सिजन आर्सनलबाट युभेन्ट्स गएका थिए । त्यसअघि उनले कार्डिफ सिटीबाट लोनमा खेलेका थिए ।
राम्सीले युभेन्ट्सका लागि ३ गोल गरिसकेका छन् ।