एजेन्सी । इंग्ल्यान्डको लिग म्यानेजर्स एसोसियसनका प्रमुख कार्यकारी रिचार्ड बेभानले लिग पुन: सुचारु गर्नु अघि सम्पूर्ण खेलाडीमा कोरोना भाईरसको परिक्षण गर्नु पर्ने बताएका छन् ।
बीबीसी रेडियोसँगको कुराकानीमा रिचार्डले लिग अघि खेलाडी, प्रशिक्षक, अफिसियल लगायत सम्पूर्णमा कोरोनाको परिक्षण गर्नु पर्ने बताएका हुन् ।
'परिक्षणको लागि उपलब्ध गराउनु पर्छ । यसलाई खेलकुदसम्म पहुँच पुराउनु पर्छ' उनले भने ।
कोरोनाको महामारीको कारण इंग्ल्यान्डमा फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ।
रिचार्डले खेलाडीको परिक्षण नगरेसम्म व्यवस्थापकहरु मैदान नफर्कने समेत बताए ।
'जबसम्म खेलाडीको परिक्षण हुँदैन, हाम्रा व्यवस्थापक खेलमा फर्कदैनन्,' उनले भने, 'सरकारले ठिक छ भनेर पुष्टि गर्नुपर्दछ, किनभने परीक्षणहरू पहिले उपलब्ध हुनुपर्दछ ।'
उनले लिग पुन: सुचारु गर्नुअघि कम्तिमा ३ साता तयारीको आवश्यकता रहेको समेत बताए ।