एजेन्सी । लिभरपुलका लिजेण्ड सन केनी डालग्लिसलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अपस्तालमा भर्ना भएका उनलाई बिना कुनै लक्षण कोरोनाको संक्रमण देखिएको परिवार श्रोतले पुष्टि गरेको छ ।
एक संक्रमणको उपचारका लागि डालग्लिसलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो ।
६९ बर्षका सेल्टिक र स्कटल्याण्डका फरवार्डलाई उपचारको क्रममा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

‘सोचे भन्दा फरक भयो । परिक्षण पोजेटिभ आएको छ । कुनै लक्षण देखिएको थिएन ।’ परिवार श्रोतले भनेको छ ।
डालग्लिसले चार पटक स्टल्याण्डमा सेल्टिकबाट लिग जितेका थिए । उनी सन् १९७७ मा प्रिमियर लिग क्लब लिभरपुल आएका थिए । उनले लिभरपुलमा खेलाडी र प्रशिक्षकको रुपमा ८ लिग च्याम्पियनसिप जित्नुका साथै तीन युरोपियन कप उचालेका थिए ।
उनले ब्ल्याकवर्न रोभर्सबाट सन् १९९५ मा प्रिमियर लिग समेत जितेका थिए ।

‘यो अवसरमा अस्पतालका कर्मचारीलाई धन्यवाद दिन चाहन्छौ । जसको सपर्मण, बहादुरी र बलिदानीमा यस असाधारण समयमा राष्ट्रको ध्यान केन्द्रित हुन आवश्यक छ ।’ परिवारले निकालेको बिज्ञप्तीमा भनिएको छ ।
‘उनी चाँडै घर जान तत्पर छन् । हामी स्वास्थ्यमा आएको सुधारका आधारमा थप सुचना दिनेछौ ।’ बिज्ञप्तीमा भनिएको छ ।