एसिएन गेम्स : ज्ञानी क्वाटरफाइनल र निशा पहिलो चरणमा पराजित
.jpg&w=3840&q=75)
काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संकरणको एसियन गेम्स अन्तर्गत तेक्वान्दोतर्फ नेपालकी ज्ञानी चुनारा क्वाटरफाइनलमा पराजित भएकी छिन् ।
पहिलो चरणमा भुटानकी खेलाडीलाई हराएर दोस्रो चरणको यात्रा तय गरेकी ज्ञानी फिलिपिन्सका खेलाडीसंग पराजित भईन । महिला ५७ केजी मुनीको फाइटतर्फ ज्ञानी फिलिपिन्सकी पौलिन लोपेजसंग २० – ० अंकले पराजित भईन् ।
यसअघि ज्ञानीले भुटानकी छोदेन किनझांगलाई २८ – ६ अंकले पराजित गरेकी थिइन् ।
महिलातर्फ नै नेपालकी ओलम्पियन निशा रावल भने पहिलो खेलमै पराजित भएकी छिन् । महिला ६७ केजीमाथि तौल समूहमा निशा चिनियाँ खेलाडी पान गाओसँग २२-६ अंकले पराजित भइन् ।
यस्तै पुरुषको ८० केजीमाथि नेपालका अनोज पुजारी पहिलो चरणमा कजाकिस्तानका खेलाडी रुस्लान जापरोभसंग २१ – ० ले पराजित भए ।
बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् ।








-1753017726.jpeg&w=3840&q=75)

-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)

