• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
किन पुबुदु फर्काउन चाहदैन क्यान ?
खेलपाटी संवाददाता
आइतबार, चैत २३, २०७६ खेलपाटी संवाददाता
किन पुबुदु फर्काउन चाहदैन क्यान ?

काठमाडौं । नेपाली क्रिकेट इतिहासमा थुप्रै प्रशिक्षकले राष्ट्रिय टिम सम्हालेका छन् । हालसम्म नेपाली क्रिकेट टिमलाई हालसम्म १३ विदेशी प्रशिक्षकले प्रशिक्षण दिएका छन् ।

केही मुख्य प्रशिक्षकको रुपमा क्रिकेट टिमसँग जोडिए भने केहि छोटो समयका लागि कन्सल्ट्यान्टका रुपमा रहे ।

नेपालको टिमलाई भारत, इंग्ल्यान्ड, अष्ट्रेलिया, श्रीलंका र पाकिस्तान जस्ता टेष्ट राष्ट्रका प्रशिक्षकले प्रशिक्षण दिईसकेका छन् ।

भारतीय प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि कार्यबाहक प्रशिक्षकमा सिमित छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को संयुक्त प्रयासमा पटवाल एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएपनि समय अवधि नसकिदै उनले पद छाडेका थिए ।

त्यसयता नेपालले आफ्नो एकदिवसीय मान्यता जोगाइ राख्न सक्ने मुख्य प्रशिक्षकको खोजीमा रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी र एसीसीसँगको सहकार्यमा प्रशिक्षकको खोजी गर्दै आएको छ ।

क्यानले खेलाडीसँग भाषामा समस्या नपर्ने र एकदिवसीय राष्ट्रको विराशत कायम राख्न सक्ने प्रशिक्षकको खोजी गरिरहेको छ ।

त्यसैले नेपालको प्रशिक्षकमा भारतीय मुलका आउने बलियो सम्भावना रहेको छ ।

नेपालले हालसम्म पाएको विदेशी प्रशिक्षकमध्ये श्रीलंकन प्रशिक्षक पुबुदु दसानायाकेलाई लोकप्रिय र सफल मानिन्छ । उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाएको थियो । त्यो नै नेपालले हालसम्म खेलेको उच्च स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

पुबुदु सन् २०११ नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका थिए । नेपालको प्रशिक्षण सम्हाल्नुअघि उनले क्यानडालाई २०११ को एकदिवसीय विश्वकप खेलाएका थिए । सोहि बेला नेपालले पहिलो पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता समेत पाएको थियो ।

विश्वकप बाहेक नेपालले क्रिकेटमा पुबुदुको सहयोगमा थुप्रै सफलता हात पारेको थियो ।

उनको प्रशिक्षणमा नेपालले डिभिजन ५ मा रहेको नेपालले डिभिजन ४ र ३ को उपाधि जित्दै डिभिजन २ सम्मको यात्रा गरेको थियो । नेपालका ग्लोबल आइकन भनेर चिनिने सन्दीप लामिछाने पुबुदुकै खोज हुन् ।

खेलाडीलाई खुलेर खेल्न दिने र प्रतिभा पहिचान गर्न सक्ने क्षमता पुबुदुमा छ । नेपालको प्रशिक्षण छाडेपछि उनले अमेरिकाको प्रशिक्षकको रुपमा काम गरे । उनको प्रशिक्षणमा अमेरिकाले समेत एकदिवसीय मान्यता पाएको थियो ।

पुबुदु अहिले नेपालको चर्चित फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको लागि भैरहवा ग्लाडियटर्समा आबद्ध छन् । शरद भेसावाकरको कप्तानीमा रहेको भैरहवाको मुख्य प्रशिक्षकको रुपमा पुबुदु पाँच वर्षपछि नेपाल आएका हुन् ।

तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण लिग अनिश्चितका लागि स्थगित भएपछी उनी पुन: स्वदेश फर्किए । लामो समयपछिको नेपाल भ्रमणमा उनले घुमाउरो पारामा सबै कुरा मिले पुन: नेपालको प्रशिक्षण सम्हाल्न इच्छुक रहेको बताएका थिए ।

'अहिले भैरहवाको लागि नेपाल आएको हुँ । त्यसैले धेरै सोचेको छैन, पहिले ईपीएल अनि बाँकी आरु हेरौं,' नेपालआएपछि पुबुदुले पत्रकारसंग भनेका थिए, 'यदि उनीहरु (क्यान) मसंग काम कुरा गर्न चाहन्छन् भने म कुरा गर्न तयार छु ।'

क्यान मुख्य प्रशिक्षकको खोजीमा रहेको बेला पुबुदु नेपाल आउनु एक संयोग नै थियो । तर, क्यानले भने पुबुदुसँग कुनै सम्बन्ध जोड्न चाहेन, भनौं कुरा नै गरेन ।

क्यान स्रोतका अनुसार क्यानमा पुबुदुलाई राम्रो प्रशिक्षकको रुपमा हेरिने गरेको छैन । स्रोतकै भनाईमा पुबुदु क्रिकेटमा नतिजा निकाल्न माहिर रहेपनि राजनीतिज्ञ प्रशिक्षक हुन् । त्यसैले पुबुदुलाई क्यानले नेपालको प्रशिक्षकमा नियुक्त गर्न नचाहेको हो ।

पुबुदुको प्रशिक्षणमा रहेको बेला क्यानमाथि थुप्रै आरोप लागेको थियो । पुबुदुले खेलाडीको साथ लिएर संघका पदाधिकारीलाई मुद्दा हाल्न लगाएको आरोप समेत लागेको थियो ।

फलस्वरूप अन्तराष्ट्रिय क्रिकेट परिषदले क्यानमा पारदर्शिता नभएको र राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो ।

'पुबुदु प्रशिक्षकमा राम्रो हुन् । तर भित्रि रुपमा अलि फरक छन्,' क्यान स्रोतले भने, 'त्यसैले त उनी जुन देशमा गएपनि लामो समय टिक्न सक्दैनन् ।'

नेपालको प्रशिक्षण छाडेपछि पुबुदु अमेरिकाको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा अमेरिकाले सन् २०१९ मा एकदिवसीय मान्यता पाएको थियो । लगत्तै उनलाई अमेरिकाको प्रशिक्षकबाट समेत राजिनामा दिएका थिए ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले समेत केही समयअघि खेलपाटीसँगको कुराकानीमा घुमाउरो पारामा पुबुदुलाई प्रशिक्षक नबाउने बताएका थिए ।

'हामीसँग पुबुदुले सम्झौता गरेका थिएनन् । र, अहिलेसम्म पुबुदुको बारे हामीले पनि सोचेका छैनौं,' अध्यक्ष चन्दले भनेका थिए ।

क्यानको अध्यक्ष टंक आङबुहाङ हुँदा पुबुदु नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । सन् २०११ देखी सन् २०१४ सम्म आङबुहाङले क्यान नेतृत्व गरेका थिए ।

यो पनि : कोरोनाले क्रिकेटको कुन कुन काममा असर गर्यो ?

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP