• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोरोनाले अस्तव्यस्त नेपाली क्रिकेट
विश्वास थापा
शनिबार, चैत २२, २०७६ विश्वास थापा
कोरोनाले अस्तव्यस्त नेपाली क्रिकेट

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कारण विश्व आतंकित रहेको छ ।

चीनबाट फैलिएको कोरोनाको कारण विश्वमा ५८ हजार मानिसको मृत्यु भईसकेको छ । यस्तै १० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

एक व्यक्तिबाट अर्कोमा चाँडै सर्ने सरुवा रोग र औषधि नबनेको कारण कोरोनाले भयानक रुप लिएको हो ।

त्यसैले कोरोना सर्न नदिन अहिले विश्वका थुप्रै देशले लकडाउन गरेका छन् । एक देशबाट अर्को देशमा आवतजावत बन्द गरिएको छ । हरेक देशले जनतालाई घर बाहिर ननिस्कन आदेश दिएको छ ।

जसको कारण विश्व अस्तव्यस्त बनेको छ । त्यसैको मारमा खेलकुद पनि छ ।

विश्वमा चलिरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता स्थगित भएका छन् । नेपाली खेलकुद पनि यसबाट अछुतो रहेन ।

कोरोनाकै कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ३ वर्षे निलम्बन फुकुवापछि पुनर्जीवन पाएको नेपाली क्रिकेटमा ठुलो असर परेको छ ।

निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान) बिस्तारै आफ्नो लय समात्ने क्रममा रहेको थियो । आईसीसीबाट सशर्त फुकुवा भएको क्यानले २ अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजनासँगै घरेलु प्रतियोगितालाई ब्युताउने तयारी गर्दै थियो ।

'क्यानले आफ्नो लय समात्दै थियो, कामहरु दैनिक रुपमा हुँदै थियो,' क्यानका कोषाध्यक्ष रोशन बहादुर सिंह भन्छन्, 'दैवको लिला, कोरोना भाईरसको कारण सबै अहिले रोकिएको छ । क्वारेन्टाइनमा भएपनि घरबाट काम गर्दैछौं ।'

क्यानले आफ्नो वार्षिक खेल तालिका बनाएको थियो । क्यानले केही प्रतियोगिताको मिति समेत सार्वजनिक गरेको थियो । तर, कोरोनाको कारण कुनै पनि प्रतियोगिता समयमा गराउन नसक्ने अवस्था भएको छ ।

'घरेलु लिगहरु सुरु हुँदै थियो तर स्थगित हुन पुग्यो । सबै कुरा अनुकुल भएपछि फेरी सबै नियमित हुन्छन्,' कोषाध्यक्ष सिंहले भने ।

क्यानले चैत्र अन्तिममा महिला र पुरुषको प्रधानमन्त्री कप प्रतियोगिता सक्ने र अन्य उमेर समूहको प्रतियोगिता पुन: सुचारु गर्ने तयारी गरेको थियो । क्यानले खेलाडी छनोट सक्न जिल्ला र प्रदेशलाई पत्र समेत पठाएको थियो ।

काठमाडौं जिल्लाले त छनोट प्रतियोगिता समेत आयोजना गरिसकेको छ । तर, कोरोनाका कारण बाँकी सबै प्रतियोगिता अनिश्चितका लागि स्थगित भएको छ । तालिका सार्वजनिक गरिएको प्रतियोगिताहरुको मिति पुन: मिलाउनु पर्ने भएको छ ।

'महाविपत्ति, कसैले रोकेर रोकिन्न । सबै अस्तव्यस्त बनायो,' कोषाध्यक्ष सिंह भन्छन्, 'तर सबै सामान्य भएपछि क्यानले लिगहरु मिलाएर आयोजना गर्छ ।'

क्रिकेटको मौषम र वर्षा मौषमको कारण क्यानलाई अबको तालिका मिलाउन निकै कठिन हुनेछ । कोरोनाको कारण चैत्र मसान्तसम्म कुनै खेल प्रतियोगिता नहुने पक्का छ । त्यसपछीको मौषम वर्षाको रहेको कारण खेल खेलाउन केही समस्या हुनेछ । लाम्बद्द क्रिकेट प्रतियोगिता रहेको कारण वर्षा सुरुवात हुनेबेलासम्म लिगहरु नसकिने देखिएको छ ।

यस्तै प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता रहेको कारण राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बजेट उपलब्ध गराउने गर्छ । तर, असार मसान्तसम्म प्रतियोगिता नगरे बजेट फ्रिज हुने भएकाले अर्को चुनौती छुट्टैछ ।

करिब २ महिनाबाट मुख्य प्रशिक्षक विहीन रहेको नेपाली टिमको लागि क्यानले योग्य विदेशी प्रशिक्षकको खोजी प्रक्रिया अघि बढाउन सकेको छैन । आईसीसी र एसीसीसँगको सहयोगमा नेपालले प्रशिक्षक ल्याउने गृहकार्य गरिरहेको छ ।

विगत ४ वर्षबाट बाँकी रहेको (क्यान निलम्बनमा रहेको बेला) अडिट रिपोर्ट तयारी गर्दै थियो । त्यस कार्यलाई समेत कोरोनाले रोकिदिएको छ ।

'लामो समय देखी बाँकी रहेको अडीट रिपोर्ट बनाउदै थियौं । कोरोनाले रोकिदियो,' सिंहले भने, 'अहिले मिल्लने जति घरबाट पनि गरिरहेको छु ।'

खेलाडीको लागि नयाँ ग्रेडिङ बनाएको क्यानले आउने बैठकमा त्यसलाई सार्वजनिक गर्ने तयारी गरेको थियो । जसमा १८ महिला खेलाडीले पहिलो पटक क्रिकेट संघसँग सेन्ट्रल कन्ट्रयाक्ट पाउँदै थिए ।

'खेलाडी ग्रेडिङको सबै अन्तिम चरणमा थियो । बैठक बसेर त्यसलाई पारित गराउने काम बाँकी थियो । कोरोनाले नै त्यसलाई पछि सार्न बाध्य बनायो,' खेलाडी ग्रेडिङ समितिका संयोजक समेत रहेका सिंहले भने ।

लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा खराब प्रदर्शन गर्दै आएको नेपाली टिमको सुधारको लागि क्यानले खेलाडी र अफिसियलसँग गम्भीर समिक्षा गर्ने योजना बनाएको थियो । गत महिना मात्र उपाधि दाबेदार मानिएको नेपालले इस्टर्न रिजन क्रिकेटमा खराब प्रदर्शन गरेपछि क्यानले आफ्नो ध्यानआकर्षण भएको जनाएको थियो । जसको समिक्षा क्यानले कसरी गर्छ भन्ने सबैको चासोको विषयलाई कोरोनाले रोकिदिएको छ ।

त्यस्तै निजि क्षेत्रबाट संचालन हुँदै आएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) ले ठुलो घाटा व्यहोर्नु परेको छ । विश्वका चर्चित खेलाडीले सहभागिता जनाउने पक्का भएको लिग अनिश्चित कालका लागि स्थगित गरिएको छ । कोरोनाले रोकिनु अघि लिग चैत्र १ गतेबाट सुरुहुने तालिका रहेको थियो ।

कोरोनाकै कारण नेपालले खेल्ने २ सिरिज स्थगित भएको छ । विश्वकप छनोटको बाटो रहेको आईसीसी क्रिकेट विश्वकप लिग-२ को दुई सिरिज पछि सरेको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP