कोरोनाविरुद्ध लड्न बीसीसीआईद्वारा ५१ करोड सहयोग
आइतबार, चैत १६, २०७६खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको महामारीविरुद्ध लड्न भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ५१ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
बीसीसीआईले सामाजिक संजाल ट्वीटरबाट सरकारको राहत कोषमा ५१ करोड सहयोग गर्ने घोषणा गरेको हो ।
कोरोनाको प्रकोपविरुद्ध लड्न सरकारलाई सहयोग गर्ने उदेश्यले आर्थिक सहयोग गरिएको बीसीसीआईले जनाएको छ ।
यस अघि पूर्व क्रिकेटर सचिन तेन्दुलकर, राष्ट्रिय टोलीका सदस्य सुरेश रैना लगायतले पनि आर्थिक सहयोग गरेका छन् ।
चीनबाट फैलिएको कोरोनाको कारण भारत पनि प्रभावित भएको छ । भारतमा २१ जनाको मृत्यु भईसकेको छ ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

