सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित

शनिबार, ०८ चैत्र २०७६खेलपाटी संवाददाता
गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित
Loading ad...
mustang rice ad

काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित भएको छ ।

विश्वभर देखिएको कोरोना भाईरसको प्रकोपलाई मध्येनजर गर्दै सामान्य अवस्था नबनेसम्मको लागि निर्माण कार्य स्थगित गरिएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै कोरोनाको संक्रमणलाई ध्यानमा राखेर सरकारले २५ जना भन्दा बढी एक ठाउमा जम्मा नहुनु अपिल गरेको जनाउँदै सामान्य अवस्था नहुन्जेलसम्मका लागि रंगशाला निर्माण कार्य स्थगित गरिएको जनाएको छ ।

रंगशाला निर्माणमा हाल २ सय ७० जना जनशक्ति कार्यस्थलमा खटिरहेको समेत फाउन्डेसनले जनाएको छ ।

Image may contain: sky, cloud, outdoor and nature

जनस्तरबाट निर्माणाधिन रंगशाला भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण भईरहेको छ ।

फाउन्डेसनले जारी गरेको प्रेस विज्ञप्ति -

जनस्तरबाट निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला गएको वर्ष माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच सम्झौता भई निर्माण घोषणा गरिएको थियो । हामीले विस्तृत गुरुयोजना तयार हुनु अगावै प्रारम्भीक चरणका काम (कम्पाउण्डिङ, साइट क्लीरयन्स, साइट अफिस, गोदाम घर, कर्मचारी आवास, कामदार आवास) बनाउने काम मंसिर अगाडि नै सम्पन्न गरिसकेका थियौं । विस्तृत गुरुयोजना (डिपिआर) तयार भई यही मंसिर १ गतेदेखि उक्त गुरुयोजना अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु गरि चार महिना ८ दिनमा सातवटा क्रिकेट पिच भएको खेल मैदानको ८५ प्रतिशत काम र प्याराफिट संरचनाको तयारी स्वरुप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यस्तै, ६४ वटा पिल्लरको लागि फलामको (रड बंग्याउने, बाँध्ने र पिल्लरको आकार बनाउने) काम पुरा भएको छ । खेलमैदानको पिचमा प्रयोग हुने माटो तनहुँको जामुनेदेखि ढुवानी गरी प्रशोधनको काम पनि गरिसकिएको छ । प्याराफिटको पिल्लरको पिसीसी ढलानको काम करिब ७० प्रतिशत सकिएको छ भने २ मिटर चौडाई र २ दशमलब ३७ मिटर उचाई रहेको ड्रेन तयार भईसकेको छ । जसमा आकाशे पानी संकलन गरीनेछ र खेल मैदानको दुबोको सिंचाईका लागि प्रयोग गर्ने उद्देश्य राखिएको छ ।
नमूना खेलमैदान तयार भई सुचारु अवस्थामा छ । सात हजार वर्ग मिटर बरमुढा प्रजातिको दुबोको नर्सरी तयार पारीएको छ । उक्त दुबो रंगशालाको क्रिकेट खेलमैदानमा सारिनेछ । दश ट्रिपर, चार ट्याक्टर, एक ग्रेडर, एक बुल डोजर, पाँच ब्याक हो–लोडर (जेसीबी), दुई एक्जाभेटर, एक रोलर दैनिक प्रयोग भईरहेका छन् । यस्तै, २ सय ७० जना जनशक्ति कार्यस्थलमा खटिरहेका छन् ।
अहिले विश्व कोरोना भाइरस (कोभिड १९) विरुद्ध लडिरहँदा नेपाल सरकारले पनि जोखिमलाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउन विभिन्न स्वागत योग्य निर्णयहरु गरेको छ । साथै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह पनि गरिएको छ । यस्तो अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनाहरु समेत प्रभावित भईरहेका छन् । यसबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अछुतो रहने कुरै भएन ।
यद्यपि, कामलाई तिब्रताका साथ अघि बढाईरहेका थियौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रंगशाला प्रवेशमा रोक लगाएका थियौं । कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्नुका साथै ह्याण्ड स्यानीटाइजरको प्रयोग पनि सकेसम्म गरिरहेका थियौं । तर, कोरोना संक्रमणप्रति जसरी राज्य संवेदनशील बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेका छौं ।
रंगशाला निर्माणको काम अझै तिब्र गतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जना भन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेको छ । रंगशालामा कामदार मात्रै साढे २ सय भन्दा बढी छन् । निर्माण सामग्री, ढुवानीलगायतका कुरामा पनि प्रभाव पर्ने देखिसकिएको छ । साथै मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रंगशाला निर्माणको काम केही समय (सामान्य अवस्था नहुन्जेलसम्म) स्थगित गर्ने निर्णयमा पुगेका छौं । जनस्तरबाट निर्माण हुने यस रंगशालामा सहयोग पुर्याउन सम्पूर्ण सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै सावधानी अपनाउन आग्रह गर्दछौं ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट