एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट अनिश्चितको लागि स्थगित भएको छ ।
पीएसएलले एक विज्ञप्ति जारी गर्दै बाँकी रहेको खेलहरु स्थगित गरिएको जनाएको छ ।
बाँकी रहेको खेलको लागि पीएसएलले पुन: तालिका सार्वजनिक गर्ने बताएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पीएसएल स्थगित भएको हो ।
पीएसएलमा सेमिफाइनल र फाइनल खेल बाँकी रहेको थियो ।
यसअघि समेत कोरोनाको कारण प्रतियोगिता छोट्टाइएको थियो ।
पहिलो सेमिफाइनलमा मंगलबार मुल्तान सुल्तानले पेशावर जाल्मी खेल्ने तालिका रहेको थियो ।
यस्तै दोस्रो सेमिफाइनल समेत मंगलबार नै कराची किङ्सले लाहोर कलान्दर्सको खेल्ने तय थियो ।
यसअघि, लिग चरणमा मुल्तानले ८ खेलमा ५ जित सहित १२ अंक जोड्यो । दोस्रो स्थानको कराचीले ८ खेलमा ४ जित हात पर्दा ९ अंक जोड्न सफल भयो ।
यस्तै पेशावर र लाहोरले समान ९ खेलमा समान ४ जित हात पार्दै क्रमस: ९ र ८ अंक बनाएपछि सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
हाल विश्वभर संचालनमा रहेका तथा सुरु हुने तयारीमा रहेका सबै खेलकुद प्रतियोगिता स्थगित हुँदै आएका छन् ।