श्रीलंकाको सम्पूर्ण क्रिकेट गतिविधि स्थगित
मंगलबार, चैत ४, २०७६खेलपाटी संवाददाता

एजेन्सी । श्रीलंका क्रिकेट बोर्डले देश भित्रको सम्पूर्ण क्रिकेट खेलको गतिविधि बन्द गरेको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै श्रीलंकाले क्रिकेट गतिविधि बन्द गरेको हो ।
श्रीलंका क्रिकेट बोर्डले अर्को सूचना नआएसम्मको लागि क्रिकेट गतिविधि स्थगित गरिएको जनाएको छ ।
बोर्डको निर्णयसँगै श्रीलंका क्रिकेटको शीर्ष डिभिजन र दोस्रो डिभिजनको प्रतियोगिता स्थगित भएको छ ।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)