काठमाडौं । नेपाल पुलिस क्लब राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरको छ ।
शुक्रबार सर्लाहीको बागमतीमा भएको खेलमा सुदरपश्चिम ११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
एक गोलले पछाडी परेको स्थितीलाई उल्टाउँदै पुलिसले पुनरागमन जित निकालेको हो ।
पुलिसको जितमा तीर्थ राना मगरले दुई गोल तथा कप्तान जुमानु राईले एक गोल गरे । सुदुरपश्चिमका फिलिप तामाङले एक गोल फर्काए ।
जुमानु राईको कप्तानीमा रहेको पुलिस १७ औं मिनेटमा पछाडी पर्यो । फिलिप तामाङले डिबक्स भित्रबाट गोल गर्दै सुदुरलाई अग्रता दिलाए ।
दोस्रो हाफमा पुलिस लयमा फर्कियो । कप्तान जुमानु राईले खेलको ४८ मिनेटमा बराबरी गोल फर्काए ।
त्यसपछि तीर्थले लगातार दुई गोल गरे । उनले खेलको ५५ औ र ६८ औ मिनेटमा गोल गर्दै पुलिसलाई फाईनल यात्रा तय गराए ।
धनगढीमा खप्तड गोल्डकप जितेर सुदुरपश्चिम टोली पहिलो गोल्डकप खेल्न सर्लाही पुगेको हो ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउने छ ।