एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले च्याम्पियन्स लिग सहित युरोपेली फुटबल प्रतियोगिता तत्कालका लागि स्थगित गरेको छ ।
विश्वमा फैलदो कोरोना भाईरसका कारण युईएफएले च्याम्पियन्स लिग सहित युरोपा लिगका खेलहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।
कोरोनाको संक्रमणबाट बच्न प्रतियोगिताका खेलहरु रोकेको युईएफएले जनाएको छ ।
च्याम्पियन्स लिगका आगामी खेल मार्च १७ र १८ मा हुने तय थियो । पछिल्लो निर्णयसंगै च्याम्पियन्स लिगको खेल स्थगित भएको छ ।
यस्तै, युईएफले च्याम्पियन्स लिगको क्वार्टरफाईनलको ड्रको कार्यक्रम समेत स्थगित गरेको छ ।
अन्तिम ८ को ड्रकालागि मार्च २० को समय निर्धारण गरिएको थियो ।
यसअघि, युईएफएले च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्मेनको खेल बन्द रंगशालामा आयोजना गरेको थियो ।
यस्तै, बार्सिलोना र नापोलीबीच हुने खेल बन्द रंगशालामा हुने तय भएको थियो । अब, भने सो खेल स्थगित भएको छ ।
स्थगित भएका खेल :
म्यान्चेष्टर सिटीविरुद्ध रियल म्याड्रिड
युभेन्ट्सविरुद्ध लियोन
बार्सिलोनाविरुद्ध नापोली
बार्यन म्युनिखविरुद्ध चेल्सी