एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीच हुने दोस्रो लेग खेल स्थगित भएको छ ।
चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि सिटी र रियलबीचको खेल स्थगित गरिएको हो । सिटी र रियलबीचको खेल आगामी मंगलबार हुने तालिका रहेको थियो ।
पहिलो लेगमा सिटीले रियलविरुद्ध २-१ को अग्रता बनाएको छ । र, दोस्रो लेग सिटीको मैदानमा हुने तालिका रहेको थियो ।
यस्तै युभेन्ट्स र लियोनबीचको दोस्रो लेग खेल समेत स्थगित भएको छ । दोस्रो लेग खेल मार्च १७ मा युभेन्ट्सको मैदानमा हुने तालिका रहेको थियो ।
पहिलो लेगमा युभेन्ट्स १-० ले पछि रहेको छ ।