• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'महिला क्रिकेटमा भविष्यको चिन्ता'
विश्वास थापा
आइतबार, फागुन ११, २०७६ विश्वास थापा
'महिला क्रिकेटमा भविष्यको चिन्ता'

काठमाडौं । सन् २००७ मा नेपाली महिला क्रिकेटले अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थियो ।

करिब १३ वर्ष अघि मलेसियामा भएको पहिलो महिला एसीसी ट्रफ्रीमा थाइल्याण्डविरुद्ध खेल्दै नेपालले अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थियो । नेरी थापाको नेतृत्वमा रहेको नेपालले पहिलो खेलमा ५५ रनको ऐतिहासिक जित हात पार्न सफल रह्यो ।

त्यहिँ समय थाइल्याण्डले समेत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै थियो । थाइल्याण्डले सन् २०१३ सम्म अन्तराष्ट्रिय प्रतियोगिताको नाममा एसीसीको प्रतियोगिता मात्र खेल्यो ।

तर, नेपालसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको थाइल्याण्ड अहिले विश्वकप खेलिरहेको छ । थाइल्याण्डले शनिबार वेष्ट इण्डिजविरुद्ध खेल्दै अष्ट्रेलियामा जारी सातौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा डेब्यु गर्यो ।

पछिल्लो समय थाइल्याण्डले महिला क्रिकेटमा उल्लेखनीय सफलता हात पार्दै आएको छ । कुनै बेला पुरुष क्रिकेटमा नेपालको तगारो बन्दै आएको अफगानिस्तान जस्तै महिला क्रिकेटमा थाइल्याण्ड नेपालको तगारो बन्दै आएको छ ।

नेपालले भन्दा पछि क्रिकेट सुरु गरेर अफगानिस्तान टेष्ट राष्ट्र भईसकेको छ । त्यही बाटोमा अहिले थाइल्याण्डको महिला क्रिकेट रहेको छ ।

हुन त अफगानिस्तानका खेलाडीले पाकिस्तान र त्यसको सिमा क्षेत्रमा क्रिकेट सिकेका थिए । तर, थाइल्याण्ड आफै क्रिकेट खेल्दै र आफुलाई विकास गर्दै अघि बढेको छ ।

थाइल्याण्ड क्रिकेट संघले ग्रासरुट क्रिकेट बलियो बनाउन घरेलु क्रिकेट र विद्यालय क्रिकेट संचालन गर्दै आएको छ । उसले राष्ट्रिय टिमका खेलाडीलाई समेत कन्ट्रयाक्टमा राख्दै आएको छ । अन्तराष्ट्रिय खेलमा पनि कुनै कमी हुन दिएको छैन ।

तर, नेपालमा भने महिला क्रिकेटको भविष्य अन्योलमा देखिएको छ । न त घरेलु संरचना छ न खेल एक्सपोजर नै । नेपाली महिला क्रिकेटले जति उपलब्धि हात पार्यो सबै खेलाडीको बलबुतोमा हात पारेको छ ।

पछिल्लो समय नेपाली महिला क्रिकेटर खेलेर जीवन जिउन नसक्ने अवस्थामा छन् । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना छेत्रीले महिला क्रिकेटको भविष्यबारे चिन्ता व्यक्त गर्छिन ।

'त्यो समय थाइल्याण्डले टिमका खेलाडीलाई निर्धक्क भएर क्रिकेट खेल्ने वातावरण बनाएको थियो । अहिले उनीहरुको भविष्य सुनिश्चित छ,' कप्तान रुबिनाले थाइल्याण्डको उदाहरण दिदैं भनिन्, 'हाम्रो भविष्य भने अझै क्रिकेटले निर्धारण गर्न सक्ने अवस्था छैन ।'

एकै समयबाट क्रिकेट खेल्दै आएको थाइल्याण्डले विश्वकप खेल्दै गर्दा नेपाली महिला क्रिकेटर भने टिभीमा उनीहरुको खेल टुलुटुलु हेर्न बाध्य छन् ।

कुनै समय आलोकाँचो नेपाली खेलाडीले पराजित गरेको टिम थाइल्याण्ड अहिले नेपाल भन्दा धेरै माथि उक्लिएको छ । नेपालले जितेको थाइल्याण्ड टिम र अहिलेको टिममा केहि खेलाडी मात्र परिवर्तित छन् ।

नेपालको हालत पनि त्यस्तै छ । नेपाली टिमलाई समेत नयाँ खेलाडीले विस्थापित गर्न सकेका छैनन् । राष्ट्रिय टिममा पहिलो पुस्ता कै खेलाडीको बाहुल्यता रहेको छ ।

तर, थाइल्याण्डले फड्को मार्नुमा क्रिकेट संघको लगानी रहेको तर, नेपालमा त्यो नभएको कप्तान रुबिनाको बुझाइ छ ।

'हाम्रोमा छोटो समयको क्याम्प हुन्छ, खेलाडीले बाहिर तयारी गर्ने वातावरण छैन । क्याम्पमै सबै फिटनेस देखि खेल बनाउनु पर्छ,' रुबिनाले भन्छिन्, 'त्यसमा पनि अन्तराष्ट्रिय खेलको अनुभव छैन । सिधै प्रतियोगिता खेल्नु पर्छ ।'

घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरु घरमा लामो समय त्यत्तिकै बस्दा फिटनेस र खेलमा समस्या आउने गरेको छ । केहि सिमित खेलाडीले आफ्नै लगानीमा क्रिकेट नभएको बेला जिम जाने, अभ्यास गर्ने गरेपनि आर्थिक अवस्थाको कारण सबै खेलाडीले गर्न नसक्ने रुबिना बताउँछिन् ।

'अफ सिजनमा खेलाडीलाई फिट राख्न सबैलाई आग्रह गर्छु तर सबैको आर्थिक अवस्था एकै छैन । त्यसैले क्याम्पमा खेलाडीको फिटनेसमा समय बित्छ । क्यानले पहिल्यै देखि केहि हेरेको भए सहज हुने थियो,' रुबिनाले भनिन्, 'थाइल्याण्डका खेलाडीले सबै क्रिकेटलाई दिए । संघले समेत उनीहरुलाई त्यसको रिटर्न दियो । हाम्रोमा त्यस्तो छैन । १२ वर्षपछी महिला क्रिकेटलाई तलब दिने भनेर कुरा गरेको छ । हामीले समेत पहिले देखि केहि पाएको भए नतिजा फरक हुन सक्थ्यो ।'

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक १८ महिला खेलाडीलाई 'ए', 'बी' र 'सी' ग्रेडमा छुट्याएर नियमित तलब दिने तयारी गरेको छ ।

थाइल्याण्ड र नेपालबीचको फरक 

नेपाल र थाइल्याण्डको खेलमा अन्तराष्ट्रिय खेलको अनुभवको मात्र कमी रहेको रुबिना बताउँछिन् ।

'स्किल र स्तरमा भिन्नता छैन,' उनले थपिन्, 'मात्र अन्तराष्ट्रिय खेलको अनुभवको कुरा छ । फिल्डमा त उनीहरुले (थाइल्याण्ड) भन्दा हाम्रो बढी इफर्ट हुन्छ जस्तो लाग्छ ।'

नेपालमा महिलाको घरेलु प्रतियोगिता ठप्प जस्तै छ । हाल नेपालमा प्रधानमन्त्री कप नामको एउटा प्रतियोगिता बाहेक महिला क्रिकेटमा खासै गतिलो कार्यक्रम छैनन् । न स्तरीय प्रतिस्पर्धा, न त खेलाडी उत्पादनमा सहयोग । उल्टै खेलाडीहरु पाउने पुरस्कार समेत ठगिदै आएका छन् ।

त्यस बाहेक महिलाको फ्रेन्चाइज क्रिकेट वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेट गत वर्षबाट सुरु भएको छ । कतिपय खेलाडी आफ्नै खर्चमा भारतमा क्लब स्तरीय प्रतियोगिता खेल्न जाने गरेको तितो यथार्थ छ ।

लेखेरै राख्नुस..

क्रिकेट संघले सहयोग गरे नेपालले महिला विश्वकप खेल्न धेरै समय नलाग्ने कप्तान रुबिना बताउछिन् ।

'म लेखेरै भन्छु, राम्रोसँग अभ्यास र अन्तराष्ट्रिय खेलमा एक्पोजर पाउने हो भने नेपालले विश्वकप खेल्न धेरै समय लाग्दैन,' रुबिनाले भनिन्, 'सधैं खेलाडीको भरमा मात्र कति खेल्न सक्छौं र ?'

नेपाली महिला क्रिकेटमा क्षमता रहे पनि संघले त्यसको बचाउ गर्न नसकेको उनको बुझाई छ ।

'खेलाडीमा क्षमता छ, हामीले भनेको जस्तो अभ्यास र प्रतिस्पर्धात्मक खेल पायौं भने थुप्रै प्रगति गर्न सकिन्छ । त्यसको लागि सरकार र संबन्धित निकायले ध्यान दिन जरुरी छ ।'

आफ्नो खेल जीवनमा एक पटक नेपालबाट विश्वकप खेल्ने सपना रहेको समेत रुबिनाले बताइन् ।

'भविष्यमा नेपालमा महिला खेलाडीको आगमन हुने देखिएको छैन । यो ब्याचले विश्वकप खेल्न सकेन भने आगामी दिनमा अझै कठिन हुने छ । हामीले क्रिकेट छाडेपछि कहाँबाट खेलाडी ल्याउने हो ? एक पटक सोच्न पर्ने अवस्था आएको छ,' रुबिना भन्छिन् ।

रुबिनाले एक पटक विश्वकप खेलेर महिला क्रिकेटलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न चाहेको समेत बताइन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP