• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
न्यु डायमण्डलाई प्रतिभाको अभाव !
गिता राई
सोमबार, फागुन ५, २०७६ गिता राई
न्यु डायमण्डलाई प्रतिभाको अभाव !

काठमाडौं । महिला भलिबलमा स्टार खेलाडी जन्माउने कारखानाको रुपमा न्यु डाईमण्ड स्पाेर्ट्स क्लबलाई लिने गरिन्छ ।

न्यु डाईमण्डले उत्पादन गरेका खेलाडीले घरेलु भलिबलमा बेग्लै सम्मान र नाम कमाएका छन् ।

न्यु डाईमण्डबाट उत्पादन भएका रमिला तन्डुकार, प्रतिभा माली, रेश्मा भण्डारी, कृपा अधिकारी, सलिना श्रेष्ठ, मनिषा तामाङ लगायतका अनुहार घरेलु भलिबलमा चर्चित छन् ।

न्यु डायमण्ड विद्यालय स्तरीय टिम हो । तर घरेलु महिला भलिबलमा न्यु डायमण्डले आफुलाई एक ‘पावरहाउस’को रुपमा स्थापित गरेको छ । अधिकांश महिला भलिबल प्रतियोगितामा न्यु डायमण्डले फाईनल यात्रा तय गर्ने गरेको छ ।

विद्यालयस्तरीय टिमले विभागीय टोली एपीएफलाई बारम्बार टक्कर दिने गर्छ । अधिकांश घरेलु प्रतियोगिताको फाईनलमा एपीएफ र न्यु डायमण्ड भिड्ने गर्छन् ।

तर पछिल्लो खेलमा न्यु डायमण्डको गति केही सुस्ताएको देखिएको छ । प्रर्दशन र नतिजा केही खस्किएको जस्तो देखिन्छ । काठमाडौंमा भर्खरै सकिएको ढोरपाटन महिला डबल लिगमा न्यु डायमण्डको प्रर्दशन र नतिजा खासै गतिलो रहन सकेन । ढोरपाटनमा निरन्तर दोस्रो हुँदै आएको न्यु डायमण्ड पछिल्लो संस्करणमा चौथो बन्न पुग्यो ।

त्यसको मुख्य कारण प्रतिभाको अनुपस्थितीलाई मानिएको छ ।

न्यु डायमण्ड प्रतिभा खेलपाटी को छविको परिणाम

प्रतिभाले अहिले चोट बोकेकी छिन् । उनी आराममा छिन् । उनको खुट्टाको शल्यक्रिया गरिएको छ । करिब बर्ष दिन उनी मैदानमा देखिने छैनन् । उनै प्रतिभा नहुँदा घरेलु भलिबलमा न्यु डायमण्डको नतिजा निराशाजनक छ ।

माघको पहिलो साता आरबीबी क्लब च्याम्पियनसिप खेल्ने क्रममा प्रतिभाले चोट बोकिन् । तत्काल उनलाई अस्पतालमा भर्ना गरियो । केही दिन निगरानीमा राखेर उनको शल्यक्रिया गर्ने निर्णय गरियो । प्रतिभाले अब तीन महिना पुरै बेड रेस्ट गर्नेछिन् । बिस्तारै थेरापीमार्फत खुट्टा चलाउन सुरु गर्नेछिन् । मैदान फर्कन उनलाई करिब एक बर्ष लाग्न सक्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

टिमकी मुख्य स्पाईकर तथा अलराउण्डर प्रतिभा नहुँदा न्यु डायमण्डले ढोरपाटन महिला डबल लिगमा समेत राम्रो प्रर्दशन गर्न सकेन । प्रतिभा नहुँदा सजिलै जित्ने टिमसंग समेत न्यु डायमण्डले हार ब्यहोर्यो ।

सहजै जित्दै आएका त्रिभुवन आर्मी, नेपाल पुलिस सहितका क्लबसंग समेत सोझो सेटमा पराजित बन्यो ।

न्यु डाईमण्डका मुख्य प्रशिक्षक कुमार राईले प्रतिभा टिममा नहुँदा ठूलो नोक्सान भएको बताउँछन् ।

‘खेलमा प्रतिभाको अभाव ५० प्रतिशत नै खड्कियो । धेरै ठूलो नोक्सान भयो । प्रतिभा भएको भए उपाधि जित्ने रहेछौं । अरु खेलाडीको खेल वृद्धि भएको रहेछ । प्रतिभा नहुनु एकदम दुख लाग्दो कुरा भयो ।’ प्रशिक्षक राई भन्छन् ।

प्रतिभाबिनाको न्यु डायमण्डले ढोरपाटन महिला डबल लिगमा चौथो स्थान हासिल गर्यो । प्रशिक्षक कुमार नतिजा खासै नराम्रो नभएको बताउँछन् ।

‘चौंथो स्थानका लागि इरानी खेलाडी रहेको चितवन र भारतीय खेलाडी रहेको बुलबुलेसंग प्रतिस्पर्धा गर्नुप¥यो । एकदमै राम्रो खेलाडी नभएको अवस्थामा चौंथो स्थानमा रहनु नराम्रो हैन ।’ उनी भन्छन् ।

प्रतियोगितामा न्यु डाइमण्डले इरानी खेलाडी तथा भारतीय खेलाडी रहेको टिमलाई हराउँदै चौंथो भएको थियो ।

न्यु डायमण्ड प्रतिभा खेलपाटी को छविको परिणाम

क्लबले न्यु डाईमण्ड कपबाट राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई टोलीमा राखेको छ । ढोरपाटन खेल्ने न्यु डायमण्डको टोलीमा अरुणा पनि थिईन् । तरपनि क्लबले राम्रो नतिजा ल्याउन सकेन ।

‘टिमको स्कोरिङ लाइनको सबै जिम्मा प्रतिभाले लिने हो । आफ्नो ठाउँबाट अरुणाले राम्रै गरेको हो । स्पाइकरमा आत्मविश्वास देखिएन ।’ राईले भने, ‘सेटरले त सेट गर्दिने हो, तर हान्नेले नहानेपछि काम नै लाग्दैन । अब दुई चारवटा खेल खेलेपछि आत्मविश्वास बढ्छ ।’

‘खेलाडी नआत्तिएर खेलेको खण्डमा न्यु डायमण्ड फाइनल पुग्न सक्ने टिम रहेको सन्देश ढोरपाटन प्रतियोगिताले सिकाएको छ ।’ कुमार थप्छन् ।

आरबीबी कपको फाइनलमा एपीएफविरुद्ध प्रतिस्पर्धात्मक तेस्रो सेटमा प्रतिभा घाईते भएकी थिईन् । दुई सेट जितेर खेलमा अगाडी देखिएको एपीएफलाई खेलमा रोक्न न्यु डायमण्डलाई तेस्रो सेट जित्नै पर्ने दबाब थियो ।

तेस्रो सेटको अन्तिममा प्रतिभाले स्पाईक गरेर ओर्लने क्रममा घुँडामा चोट बोकिन् । त्यसपछि उनलाई तत्काल अस्पताल लगियो । तेस्रो सेट त न्यु डायमण्डले जित्यो । तर टिमकी मुख्य खेलाडीलाई करिब एक बर्ष गुमाउन पुग्यो ।

प्रतिभा उत्कृष्ट स्पाइकर मात्र हैनन्, उनी डिफेन्स पनि राम्रो खेल्छिन् । न्यु डायमण्डकी त उनी अलराउण्डर नै हुन् । उनकै उच्च प्रर्दशनमा न्यु डाइमण्डले घरेलु भलिबलमा दबदबा कायम गर्दै आएको छ । प्रतिभा लामो समय मैदान बाहिर रहने पक्का छ । अब न्यु डायमण्डका नयाँ अनुहारले प्रतिभाको अभाव पूर्ती गर्नुपर्ने समय आएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP