नेपालय र गोकर्ण लाइट उपाधिका लागि भिड्ने
सोमबार, २७ माघ २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालय र गोकर्ण लाइटले दोस्रो संस्करणको लिबर्टी कप सेभेन 'ए' साइड फुटबलको छात्रातर्फको उपाधिका लागि खेल्ने भएका छन् ।
गोकर्णेश्वरस्थित अत्तरखेल मैदानमा सोमबार भएको सेमिफाइनलमा नेपालयले आयोजक लिबर्टीलाई ३-० गोल अन्तरले पराजित गर्यो ।
यस्तै गोकर्ण लाइटले जीवन तारालाई पेनाल्टी सुटआउटमा १-० गोल अन्तरले पराजित गर्दै नेपालयसँगको भेट पक्का गरे ।

छात्रतर्फ आयोजक लिबर्टीलाई १-० गोल अन्तरले पराजित गर्दै भेनस पब्लिक फाइनलमा पुगेको छ । अब भेनसले जीवन तारा र नेपालयबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगितामा ३५ वटा निजि तथा सामुदायिक विद्यालयले प्रतिपर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले २० हजार, दोस्रोले १० र तेस्रोले ५ हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ ।










-1769167052323.jpeg&w=3840&q=75)


-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)