गोल्डेनपिकलाई उपाधि
सोमबार, माघ २७, २०७६खेलपाटी संवाददाता
काठमाडौं । गोल्डेनपिकले चौथो माफ यु–१४ जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा गोल्डेपिकले लाइसियम मोडेल, सिफललाई ४०–२८ ले पराजित गर्यो । गोल्डेनपिकका दिनेश रावलले २० अंक जोडे । दिनेश नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
माफद्वारा आयोजित प्रतियोगितामा जगत मन्दिरले तेश्रो स्थानमा चित्त बुझायो । जगत मन्दिरले एलिक्सरलाई २७–१७ ले हरायो । जगत मन्दिरका अनिश माझीले १८ स्कोर गरे ।
विजेतालाई माफका अध्यक्ष राजन आचार्य, ज्ञान निकेतनकी संरक्षिका लीला कुँवर र ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


