गुरुङलाई आर्थिक सहयोग
शुक्रबार, २४ माघ २०७६खेलपाटी संवाददाता

काठमाडौं । एक्स बक्सिङ ग्रुप मकाउले बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा शुक्रबार गुरुङलाई १ लाख १६ हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गुरुङलाई उनी उपचाररत अस्पताल पुगेर नगद रकम हस्तान्तरण गरे ।













-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)