• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपाल ओमानसँग पराजित
विश्वास थापा
बुधबार, माघ २२, २०७६ विश्वास थापा
नेपाल ओमानसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । 

ओमानले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७९ रनमा समेटियो ।

शरद भेषवाकरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि नेपालले जित निकाल्न सकेन । ९६ बलमा अर्धशतक बनाएका शरदले १ सय ८ बलमा पाँच चौका प्रहार गरे ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने शरद छैटौं खेलाडी हुन् ।  यस्तै शरद घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पुरा गर्ने पहिलो खेलाडी बने ।

दिपेन्द्र सिंह ऐरीले ३६ रन जोड्दा सन्दीप लामिछानेले २८ रन बनाए । यस्तै विनोद भण्डारीले २६ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा पारस खड्का ३ रनमा पेभेलियन फर्किए । सुशन भारी ८ रनमा आउट हुँदा अविनाश बोहोरा ८ रनमा अविजित रहे । आरिफ शेख ६ रनमा आउट हुँदा रोहित कुमार पौडेल र करण केसी सुन्य रनमा आउट भए ।

ओमानका जिशन मक्सुदले ३ विकेट लिए । यस्तै बिलाल खान र कलिमउल्लाले समान २/२ विकेट लिए  ।

खराब सुरुवात गरेको नेपालले पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र सर्ट मिड अनमा कलिमउल्लाको बलमा मोहमद नदीमको हातबाट क्याच भए ।

दोस्रो विकेटको रुपमा पारसको एज लागेको बल विकेटकिपर सुरज कुमारले सजिलै क्याच लिए ।

उपकप्तान दिपेन्द्रलाई एलबीडब्लुको धरापमा परे । आरिफ शेखलाई जसन मक्सुदले कट एण्ड बोल्ड गरे गर्दा लगत्तै रोहितलाई स्लिपमा क्याच गराए ।

सर्ट कभरमा सजिलै क्याच भएका विनोद छैठौं विकेटको रुपमा सिकार बने ।

करणलाई कलिमउल्लाले मिड विकेटको क्षेत्रमा नसिम खुशीको हातबाट आउट भए ।

सर्वाधिक रन बनाएका शरद अकिबको बलमा बोल्ड हुँदा सन्दीप मक्सुदको बलमा खवरको हातबाट आउट भए ।

अन्तिम विकेटको रुपमा सुशन बिलाल खानको बलमा विकेटकिपर सुरजको हातबाट क्याच आउट भए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।

ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले । उनले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए । त्यस्तै ओमानका अकिब अयासले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेपालका करण केसीले ४ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे । सन्दीप लामिछाने भने विकेट विहीन बनेका छन् ।

पहिलो ओभरको अन्तिम बलमा करणले ओमानका जितेन्दर सिंहलाई ४ रनमा बोल्ड गरे । यस्तै दोस्रो विकेटको रुपमा करणले सातौँ ओभरको चौथो बलमा खवर अलीलाई ५ रनमा किपर विनोद भण्डारीको हातबाट क्याच गराए ।

१३ औं ओभरमा छिटो रन लिने क्रममा दिपेन्द्रले अकिब अयासलाई रन आउट गरे । यस्तै डेब्यु खेलाडी सुशनले आफ्नो पहिलो ओभरमा जसन मसुद र सुरार कुमारलाई आउट गर्दै ओमानको इनिङ धरापमा पारेका थिए ।

सुशनले मसुदलाई एलबीडब्लु र सुरजलाई कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए ।

तर, पाँचौं विकेटका लागि महोमद नदीम र सन्दीप गौडले ६० रनको अर्धशतकीय रनको साझेदारी गर्दै ओमानको इनिङ उकासेका थिए ।

उत्कृष्ट ब्याटिङ गरिरहेका सन्दीपलाई सुशनले विनोदको हातबाट स्टम्पिङ गराएर उनीहरुको साझेदारी तोडेका थिए । यस्तै बादल सिंहलाई ४ रनमा दिपेन्द्रले रोहित पौडेलको हातबाट सर्ट कभरमा क्याच गराए ।

आठौं विकेटको रुपमा नशिम खुशीलाई करणले शरद भेषवाकरको हातबाट सर्ट थर्ड म्यानमा आउट पारे । सोहि ओभरमा करणले कलिमउल्लालाई विनोद हातबाट आउट गरे ।

यससँगै विश्वकप छनोट अन्तर्गत रहेको लिग-२ मा नेपालले हारबाट सुरुवात गरेको छ । यस्तै नेपालले घरेलु मैदानको पहिलो ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रियमा हार व्यहोरेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको २ वर्षपछि नेपालले घरेलु भूमिमा एकदिवसीय खेल खेलेको हो । सन् २०१८ मा भएको विश्वकप छनोटमा नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय पाएको थियो ।

एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले यस अघि विदेशी भूमिमा ६ खेल खेलेको थियो ।

लिग अन्तर्गत अब नेपालले अमेरिकासँग शनिबार खेल्नेछ ।

नेपाललाई हराएसँगै ओमान लिगको दोस्रो स्थानमा उक्लिएको छ । ओमानले ५ खेलमा १० अंक जोडेको छ ।

अमेरिका ६ खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । अमेरिकाले बिहिबार ओमानसँग खेल्नेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP