• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
त्रिकोणात्मक सिरिज - नेपाल र ओमान भिड्दै
खेलपाटी संवाददाता
बुधबार, माघ २२, २०७६ खेलपाटी संवाददाता
त्रिकोणात्मक सिरिज - नेपाल र ओमान भिड्दै

काठमाडौं । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिज आज (बुधबार)बाट काठमाडौंमा सुरु हुदैछ ।

एकदिवसीय क्रिकेटको मान्यता पाएको झण्डै दुई बर्षपछि नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेल्न लागेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानसग ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

पछिल्ला दुई महिनादेखि ५० ओभरको क्रिकेट खेल्न नपाएको नेपाललाई अनुभवको खडेरी पर्न सक्छ । दुई बर्ष अघि नेपालले युएईमा ऐतिहासिक सिरिज खेल्दै उपाधि हात पारेको थियो । त्यसयता नेपालले आधिकारिक ५० ओभरको क्रिकेट खेलेको छैन ।

नेपालले एक दिवसीय क्रिकेटको पछिल्लो सात बर्षमा ओमानलाई पराजित गर्न सकेको छैन् । कीर्तिपुर मैदानमा हुने सिरिजमा नेपालले ओमान र अमेरिकासंग दुई दुई वटा खेल खेल्नेछ ।

हेड टू हेड 

हालसम्म नेपाल र ओमान ७ पटक एक दिवसीयमा आमने सामने भएका छन् । जसमा नेपाल र ओमान दुवैले समान ३-३ खेल जितेका छन् ।

नेपालले सुरुवाती ३ खेलमा जित हात पारेको थियो । ओमानले पछिल्लो ३ खेलमा नेपाललाई पराजित गर्दै आएको छ ।

सिंगापुरमा भएको सन् २००२ को एसीसी ट्रफीमा नेपाल र ओमानले पहिलो खेल खेलेका थिए । जसमा नेपालले ओमानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको ओमान ३५ ओभर ३ बलमा ४८ रन बनाउँदा अलआउट भयो ।

सो खेलमा नेपालले सहजै जित हात पारेको थियो । ओमनका ५ खेलाडीले खाता खोल्न सकेका थिएनन् । मात्र २ खेलाडीले दोहोरो अंक बनाएका थिए । नेपालको सहज जितमा शक्ति गौचन र बसन्त रेग्मीले समान ३-३ विकेट लिएका थिए ।

यस्तै, सन् २०१० को एसीसी इलाईट ट्रफी नेपाल र ओमानको दोस्रो भेट थियो । जसमा नेपालले ६ विकेटको जित हात पार्न सफल भएको थियो ।ओमानले दिएको १ सय ६९ रनको लक्ष्य नेपालले ३८ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

नेपालले ओमानलाई अन्तिम पटक सन् २०१३ मा पराजित गर्यो । बर्मुडामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपाल ओमानमाथि २८ रनले विजयी भएको थियो । नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको ओमान १ सय ३२ रनमा अलआउट भयो ।

त्यसयताको भेटमा नेपालले ओमानलाई पराजित गर्न सकेको छैन । ओमानमाथि सूरुवातमा हाबी हुँदै आएको नेपाल अहिले उसलाई हराउन हम्मेहम्मे पर्न थालेको छ ।

नेपालले सन् २०१४ को एसीसी प्रिमियर लिगमा ओमानसंग पहिलो पराजय ब्यहोरेको थियो । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य ओमानले ४७ ओभर ५ बलमा ८ विकेट गुमाएर भेट्टाएको थियो ।

सन् २०१८ को एसिया कप छनोटमा ओमानसंग नेपाल पुन ७ विकेटले पराजित भयो । नेपालले प्रस्तुत गरेको २ सय २३ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपाल र ओमानकको भेट अन्तिम पटक आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो ।

जसमा समेत नेपालले खराब प्रदर्शन गरेको थियो । सो खेलमा नेपाल ओमानसंग ६ विकेटले पराजित भएको थियो । नेपालले पहिले ब्यटिङ्ग गर्दै सानो स्कोरमा समेटिएको थियो । नेपालका लागि शरद भेसावाकरले २२ रनको सर्वाधिक पाली खेलेका थिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP