• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ओमानसँग नेपालको परिक्षा !
विश्वास थापा
मंगलबार, माघ २१, २०७६ विश्वास थापा
ओमानसँग नेपालको परिक्षा !

काठमाडौं । २४ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलो पटक घरेलु मैदानमा भोली (बुधबार) एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेल्दैछ ।

नेपालले एकदिवसीय मान्यता २ वर्ष अघि मात्र पाएको थियो । सन् २०१८ मा भएको विश्वकप छनोटमा नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय पाएको थियो ।

एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले ६ वटा खेल खेलेको छ, तर सबै विदेशी भूमिमा ।

एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउँदा नेपाल क्रिकेट संघ (क्यान) निलम्बन रहेको कारण नेपालले हालसम्म घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने संयोग जुर्न सकेन ।

तर, आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले बुधबार ओमानसँग ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । यस खेल सिरिजमा नेपालको पहिलो खेल समेत हो ।

ऐतिहासिक खेलमा घरेलु दर्शक सामु मैदान उत्रँदा नेपाललाई जित निकाल्न सहज भने छैन ।

नेपालले दुई महिना देखि ५० ओभरको खेल खेलेको छैन । पछिल्लो समय नेपालले एसीसी इमर्जिङ कप बाहेक अन्य खेल खेलेको छैन । प्रतियोगितामा नेपालले खासै राम्रो प्रदर्शन देखाउन सकेको थिएन । यद्दपी नेपालले क्यान-११ को नामबाट सिरिजको लागि ३ वटा अभ्यास खेल खेलेको थियो ।

ठिक २ वर्षअघि नेपालले अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको थियो । नेपालले युएई भ्रमणमा घरेलु टिमलाई २-१ अन्तरले परागित गर्दै ऐतिहासिक सिरिज जितेको थियो ।

त्यसयता नेपालले ५० ओभरको आधिकारिक खेल नै खेलेको छैन । यस्तै नेपालको भरपर्दा ब्याट्सम्यान पारस खड्का तथा लेग स्पिनर बलर सन्दीप लामिछानेले ५० ओभरको खेल नखेलेको समेत २ वर्ष भएको छ । यद्दपी उनीहरु दुवै टी-ट्वान्टीमा ब्यस्त हुँदै आएका छन् ।

यस्तै ओमानविरुद्ध नेपालले खेलेको ५० ओभरको खेलको तथ्यांक हेर्ने हो भने नेपालको पछिल्लो खेल निकै खराब रहेको देखिन्छ। तथ्यांक हेर्दा ओमानलाई नेपालले पछिल्लो सात वर्षदेखि पराजित गर्न सकेको छैन ।

हालसम्म नेपाल र ओमान ७ पटक एकदिवसीयमा आमने सामने भएका छन् । जसमा नेपाल र ओमान दुवैले समान ३-३ खेल जितेका छन् ।

नेपालले सुरुवाती ३ खेलमा जित हात पारेको थियो । ओमानले पछिल्लो ३ खेलमा नेपाललाई पराजित गर्दै आएको छ ।

यस्तै ओमानविरुद्ध नेपालले हालसम्म २ सय २१ रन भन्दा माथिको स्कोर बनाउन सकेको छैन । सन् २०१८ को एसीसी इमर्जिङ कपमा पहिले ब्याटिङ गरेर ५० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो ।

नेपालले बनाएको १ सय ३८ रन ओमानविरुद्धको सबैभन्दा कम स्कोर हो । ओमानसँगको अन्तिम भेट सन् २०१८ को विश्व क्रिकेट लिग डिभिजन-२ मा नेपालले पहिले ब्याटिङ गर्दै ४६ ओभरमा अल आउट हुँदै १ सय ३८ रन बनाएको थियो । खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

ओमानविरुद्ध सागर पुन अर्धशतक प्रहार गर्ने एक मात्र नेपाली खेलाडी हुन् । उनले सन् २०१८ को एसिया कप छनोटमा ओअमानविरुद्ध ८४ बलमा ८३ रन बनाएका थिए ।

ओमानले भने विश्वकप लि- २ अन्तर्गतको ६ खेल खेलीसकेको छ । ६ खेलमा ४ जित सहित ८ अंक बटुलेको ओमान अंक तालिकाको चौथो स्थानमा रहेको छ । उसले आफ्नो राजा मरेका कारण दोस्रो सिरिजको अन्तिम २ खेल छाडेको थियो । सिरिजमा उसले बलियो टिम स्कटल्याण्ड, पीएनजी र युएईलाई पराजित गरिसकेको छ ।

यस्तै ओमान सिरिजमा सतप्रतिशत जितका लागि नेपाल आएको छ । सिरिजमा उसले ८ अंकको लागि ४ खेल्ने छ ।

ओमान लिगमा शीर्ष ३ भित्र पर्ने मात्र नभएर उसको लक्ष्य त्यसपछिको विश्वकप रहेको छ ।

'स्कटल्याण्ड र ओमानमा हामीले सफल दुई सिरिज खेलिसकेका छौं ।' ओमनका मुख्य प्रशिक्षक दुपिल मेण्डिजले भने, 'सन् २०२३ को विश्वकप खेल्न ओमान निकै लागिपरेको छ र त्यसको लागि हामी तयार छौं ।'

सिरिजमा शीर्ष ३ मा पर्ने राष्ट्रले भारतमा हुने सन् २०२३ को विश्वकप छनोट खेल्न पाउने छन् । १० टिम सहभागी हुने छनोटमा फाइनल पुग्ने टिमले विश्वकप खेल्न पाउने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP