• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
फिक्सिङ गर्न गोलकिपरलाई कप्तानको प्रस्ताव !
खेलपाटी संवाददाता
मंगलबार, माघ २१, २०७६ खेलपाटी संवाददाता
फिक्सिङ गर्न गोलकिपरलाई कप्तानको प्रस्ताव !

रमेश सुबेदी, हिम बिक्रम केसी ।

काठमाडौं । म्याच फिक्सिङको आरोपमा 'ए' डिभिजन क्लब सरस्वतीका कप्तान दिपेश श्रेष्ठ र हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीमाथि अनुसन्धान सुरु भएको छ ।

घरेलु फुटबलको शीर्ष डिभिजनको लिगको ५९ औं खेल फिक्सिङ गरेको आरोपमा सरस्वतीका कप्तान श्रेष्ठ र हिमालयन शेर्पाका गोलरक्षक गिरीमाथि अनुसन्धान अघि बढाउँदै लिग अवधिभरका लागि प्रतिबन्ध लगाउने तयारी भएको छ ।

अनुसन्धान पुरा भएपछि दुवै खेलाडीमाथि थप निर्णय लिने अखिल नेपाल फुटबल संघ एन्फाको तयारी छ ।

‘सरस्वतीको कप्तानले शेर्पाका गोलरक्षकलाई प्रस्ताव गरेको खुल्न आएको छ । लेनदेन भएको देखिएको छैन । थप अनुसन्धान गर्दै तत्काल लिग खेल्न नपाउने गरि अनुसन्धान अघि बढेको छ ।’ एन्फा स्रोतले खेलपाटीलाई भन्यो ।

अनुसन्धानमा सरस्वतीका कप्तानले प्रष्टसंग फिक्सिङको प्रस्ताव गोलकिपरलाई गरेको खुलेको छ । तर सरस्वतीका कप्तानले मजाकमा सो प्रस्ताव राखिएको बताएका छन् । तर अनुसन्धानमा संलग्न टोली कप्तानको जवाफबाट सन्तुष्ट छैन । सोही कारण उनलाई तत्कालन तीन खेलको प्रतिबन्ध लगाउन प्रस्ताव गरिएको छ ।

घटनालाई लिएर एन्फाको ईन्टिग्रिटी अफिसर सहितको टोलीले खेलमा संलग्न खेलाडीमाथि प्रारम्भिक सोधपुछ गरेको छ ।

माघ १४ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब भिडेका थिए । सो खेलमा सरस्वतीले शेर्पालाई ४–३ ले हराउँदै लिगमा पहिलो जित दर्ता गरेको थियो ।

सो खेल अघि लिगमा मात्र एक गोल गरेको सरस्वतीले शेर्पालाई फराकिलो अन्तरले पराजित गरेको थियो । सरस्वतीसंग हार्नु अघि शेर्पा क्लबले लिगकै बलियो टोली मछिन्द्रलाई २–० ले स्तब्ध बनाएको थियो ।

सरस्वती र शेर्पाको नाटकीय नतिजासंगै सो खेल फिक्सिङको संकाको घेरामा परेको थियो ।

सो खेलबारे खेलपाटीले दर्शकलाई पनि थाहा हुन्छ – अब गोल हुँदैछ भनेर स्टोरी प्रकाशित गरेको थियो । स्टोरी लगत्तै सो खेलको अनुसन्धान गर्नुपर्ने माग चौतर्फी रुपमा उठेको थियो ।

एन्फाले लिग र अन्य प्रतियोगितामा हुन सक्ने म्याच फिक्सिङको अनुसन्धान गर्न ईन्टिग्रिटी अफिसर र अनुशासन कमिटि राखेको छ ।

खेल मिलोमतोको आरोप लागेका शेर्पाका गोलरक्षक गिरी र सरस्वतीका कप्तान श्रेष्ठले लिगका बाँकी तीन खेल गुमाउने छन् ।

कारबाही अघि शेर्पा र सरस्वतीका दुवै खेलाडीले एक–एक खेल खेलिसकेका छन् । शेर्पा क्लब लिगको उपविजेता संकटासँग १–० ले पराजित भएको थियो । सरस्वती भने थ्री स्टारसँग ४–० ले पराजित भएको थियो ।

अनुसन्धानसंगै सरस्वतीका कप्तान दिपेश श्रेष्ठ हाल टिमको अभ्यासमा पनि उपलब्ध छैनन् ।

सरस्वतीका प्रशिक्षक प्रदिप नेपाल आफ्नो खेलाडी कारबाहिमा परेको भन्ने बिषय आफुलाई थाहा नभएको बताउँछन् ।

‘दिपेश अभ्यासमा नआएको केहि दिन त भयो । किन हो त्यो भने थाहा पाएको छैन ।’ उनी भन्छन् ।

सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले आफ्नो खेलाडीको कारबाही र मिलेमतोको विषयमा क्लबलाई कुनै आधिकारीक जानकारी नआएको बताउँछन् ।

‘इन्टिग्रिटी अफिसरले कप्तान सहित केहि खेलाडीलाई बोलाएका रहेछन् । तर यहि भन्न सक्ने अवस्था छैन । आधिकारीक पत्र आएको छैन ।’ एन्फाका उपाध्यक्ष समेत रहेका पराजुली भन्छन् ।

शेर्पाका प्रशिक्षक सञ्जिब बुढाथोकी आफ्नो गोलरक्षकको कारबाहिको बिषयमा कुनै जानकारी नभएको बताउँछन् ।

‘सबै अभ्यास गएर भर्खरै फर्किएका हौं । कारबाहिको बारेमा केही थाहा छैन ।’ उनी भन्छन् ।

एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो टिमलाई रेलिगेशनमा पार्न सरस्वती र शेर्पा क्लब मिलेको आरोप लगाउँदै आएका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP