एन्जल्स हर्ट च्याम्पियन
काठमाडौं । आयोजक एन्जल्स हार्ट सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।
मनमैजुस्थित घरेलु कोर्टमा भएको फाइनलमा एन्जल्स हर्टले बीएनएलाई ४७–३२ ले पराजित गर्यो । एन्जल्स हार्टका प्रतीक गौलीले २० अंक जोडे । बीएनएका सम्यम चापागाईंले १० स्कोर गरे ।
तेश्रो स्थानका लागि भएको खेलमा गोल्डेनपिकले नेसनल युनाइटेडलाई २८–२१ ले हरायो । गोल्डेनपिकका डेभ्लव राईले ८ स्कोर गरे ।
एन्जल्स हार्टका प्रतीक गौली ‘मोस्ट भेलुएबल प्लेयर’ बीएनएका सम्यक चापागाईं सर्वाधिक स्कोरकर्ता र एन्जल्स हार्टका रोशन श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ बने ।
विजेतालाई तार्केश्वर नगरपालिकाकी उप मेयर भवानी डोटेल (धिताल), तार्केश्वर नगरपालिका वडा १० का अध्यक्ष अमृत थापा, बीएनएका प्रिन्सिपल टंककुमार चापागाईं, एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनका कार्यकारी अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, एन्जल्स हार्टका निर्देशक यमबहादुर छन्त्याललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
माघ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा २० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।











-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)