भलिबलकी उषा नगदसहित सम्मानित
शुक्रबार, १७ माघ २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्य उषा भण्डारी नगदसहित सम्मानित भएकी छिन् ।
उषालाई शुक्रबार नेपाल पुलिस स्कुल सामाखुसीले नगदसहित सम्मानित गरेको हो । स्कुलले उषालाई १० हजार नगद र कदर पत्रले सम्मान गरेको हो ।
स्कुलको २२ औं वार्षिकोत्सवको अवसरमा उषा सम्मानित भएकी हुन् । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा रजत विजेता टोलीकी सदस्य रहेकी उषाले भलिबलबाट नेपाललाई विश्वमा चिनाउन योगदान गरेको कारण सम्मान गरिएको स्कुलले जनाएको छ ।
ओपन स्पाइकर उषाले १३ औं सागबाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन्।
उषा नेपाल पुलिस क्लबबाट खेल्ने गर्छिन ।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)