माल्दिभ्समा पोखरा युथ क्लब च्याम्पियन
शुक्रबार, १७ माघ २०७६खेलपाटी संवाददाता

काठमाडौं । माल्दिभ्समा माघे संक्रान्तिको अवसरमा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधि आयोजक पोखरा युथ क्लबले जितेको छ ।
शुक्रबार भएको फाइनलमा पर्वत युथ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पोखराले उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा पोखराले पर्वतलाई २५-२३,२५-२१,१७-२५ र २५-१६ ले पराजित गरेको हो ।
प्रतियोगितामा ४ टिमको सहभागिता रहेको आयोजकका विकास गुरुङले जानकारी गराए । विकास पोखराको टिमका खेलाडी समेत हुन् ।
यस्तै विकासले उपाधि भर्खरै जन्मिएकी छोरिलाई समर्पित गरेको बताए ।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)