आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. वडा नम्बर १७ र २३ लाई सफलता

वडा नम्बर १७ र २३ लाई सफलता

२०२० जनवरी २८, मङ्गलबारखेलपाटी संवाददाता

वडा नम्बर १७ र २३ लाई सफलता

बाँके । वडा नम्बर १७ र २३ नम्बरले नेपालगन्जमा जारी युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।

मंगलबार १७ नम्बर वडाले ७ नम्बर वडालाई ३८ रनले पराजित गरेको छ । अर्को खेलमा २३ नम्बर वडाले १२ नम्बरलाई १३ रनले हरायो ।

मंगलबार प्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको १७ नम्बर वडाले १९ ओभरमा १ सय ५९ रन बनाएको थियो । टोलीका लागि हुसेन शेखले ५२ रन र बिमलले २४ रन बनाए । ७ नम्बरका शुसान्त श्रेष्ठले ३ विकेट, फर्दिन खान र कलिम राईले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा ७ नम्बरले १ सय २१ रनमा अलआउट भयो । टोलीका लागि अनुर्दिन अन्सारीले ३१ रन, हुसेन आलम अन्सारीले १४ र सकिल साहले १२ रन बनाए । १७ नम्बरका हुसेन शेख र सुफियान नाउँले ३–३ विकेट लिएका थिए ।

अनुपम सिहले २ विकेट लिए । खेलमा हुसेन म्यान अफ द म्याच, सुफियान नाउँले म्याजिक मुभमेन्टको पुरस्कार जिते ।

यसैगरी मंगलप्रसाद माविमा भएको पहिलो खेलमा २३ नम्बर वडाले १२ नम्बरलाई १३ रनले हराएको छ ।

खेलको सुरुवाती व्याटिङ गरेको वडा नम्बर २३ ले १९.५ ओभरमा १ सय १६ रन बनाएको थियो ।

जवाफी व्याटिङमा उत्रेको वडा नम्बर १२ नम्बर वडाले ले २० ओभर खेलेर १ सय ३ रन बनाउन सक्यो ।

टस जितेर ब्याटिङ गरेको २३ नम्बरका लागि मोहम्मद अनिसले १९ रन, सद्धाम शेख र साहिद अन्सारीले १४–१४ रन बनाए । १२ नम्बरका बिपुल शर्माले सर्वाधिक ४ विकेट र सुनिल खडकाले २ विकेट लिए ।

जवाफी ब्याटिङमा १२ नम्बरका लागि बिपुलले ३० रन, उत्तम रोकाले २३ रन र सुनिल खडकाले १९ रन जोडे । २३ नम्बरका सकिर शेख, नास्मिुल्लाह शेख र अकरम शेखले समान २–२ विकेट लिएका थिए । खेलमा साकिर शेख म्यान अफ द म्याच, नास्मिुल्लाह म्याजिक मुभमेन्टको पुरस्कार जित्न सफल भए ।

मंगलबार उत्कृष्ट घोषित भएका खेलाडीलाई वडा नम्बर ७ का वडाअध्यक्ष जुम्मन खाँ, ग्रुप अफ १६ का अध्यक्ष विष्णु अर्याललगायतले पुरस्कार दिएका थिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

श्रीलंकासँग सुपर ‘फो’ मा बंगलादेशको बदला

श्रीलंकासँग सुपर ‘फो’ मा बंगलादेशको बदला

Bhat Bhateni
चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो