• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भैरहवाबाट ईपीएल खेल्ने स्मिथ को हुन् ?
खेलपाटी संवाददाता
सोमबार, माघ १३, २०७६ खेलपाटी संवाददाता
भैरहवाबाट ईपीएल खेल्ने स्मिथ को हुन् ?

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट निकै माथिल्लो स्तरको हुने देखिएको छ ।

चैत १ गतेबाट सुरु हुने ईपीएलका लागि सहभागी टिमले विश्व क्रिकेटका हस्ती खेलाडीलाई अनुबन्ध गर्न थालिसकेको छ ।

आयोजकले यस संस्करणमा दक्षिण अफ्रिकाका हसिम अमला, वेष्ट इन्डिजका ड्वेन स्मिथ, इंग्ल्यान्डका लायम प्लङ्केट, अफगानिस्तानका मोहमद सहजाद, श्रीलंकाका उपल थरंगा जस्ता खेलाडीको खेल कौशल देख्न सकिने जनाएको छ ।

यस्तोमा भैरहवा ग्लाडियटर्सले ईपीएलको लागि वेष्ट इन्डिजका पूर्व खेलाडी ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ ।

ओपनिङ ब्याटिङ गर्न रुचाउने स्मिथले भैरहवाबाट यस सिजन ओपनिङ गर्दै मुख्य ब्याट्सम्यानको भूमिका निर्वाह गर्ने पक्का छ ।

को हुन् स्मिथ ?

ड्वेन स्मिथ एक वेष्ट इण्डिजका पार्ट टाईम अलराउण्डर हुन् । जसले सबै फर्म्याटको अन्तराष्ट्रिय क्रिकेट खेलेका छन् । उनी आक्रामक र शक्तिशाली ब्याट्सम्यानको रुपमा परिचित छन् ।

स्मिथले विश्वका प्रख्यात सबै टी-ट्वान्टी प्रतियोगिता खेलिसकेका छन् । भारतको आईपीएल हुँदै अष्ट्रेलियाको बिग बास देखि क्यानडाको ग्लोबल टी ट्वान्टी सम्म ।

स्मिथले सन् २००४ मा दक्षिण अफ्रिकाविरुद्ध टेष्ट डेब्यु गरेका थिए । सिरिज अन्तर्गतको तेस्रो खेलमा डेब्यु गर्दै उनले शतक प्रहार गरेका थिए । पहिलो इनिङ्समा २० रन बनाएका उनले दोस्रो इनिङमा १ सय ५ रनको अविजित इनिङ्स खेल्दै खेल बराबरी गरेका थिए ।

Related image

एकदिवसीयतर्फ भने स्मिथले खासै सम्झन लायक प्रदर्शन गर्न सकेनन् । एकदिवसीयमा १ सय ५ खेलमा उनले ८ अर्धशतक सहित १ हजार ५ सय ६० रन बनाउँदा ६१ विकेट लिएका छन् ।

यस्तै ३३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा ५ सय ८२ रन बनाएका छन् ।

अन्य टी-ट्वान्टीमा भने उनले ३ सय २७ इनिङ्समा ७ हजार ८ सय ७० रन बनाएका छन् । जसमा ५ शतक र ४७ अर्धशतक रहेको छ । टी-ट्वान्टी बलिङमा उनले १ सय ७४ इनिङ्समा १ सय १० विकेट लिएका छन् ।

स्मिथ वेष्ट इण्डिजबाट सन् २००७ र २०१५ को एकदिवसीय विश्वकपमा समावेश थिए ।

टी-ट्वान्टी विश्वकपमा भने उनले आफ्नो देशबाट ३ संस्करण खेलेका छन् । सन् २००७, २०१२ र २०१४ को टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाएका थिए । श्रीलंकामा भएको सन् २०१२ को विश्वकप जसमा वेष्ट इण्डिज विश्व विजेता बनेको थियो । उक्त विश्वकपमा स्मिथले ५ खेल खेल्दै १ सय २५ रन बनाएका थिए ।

Related image

हङकङमा हुने टी-ट्वान्टी ब्लिट्जमा स्मिथले सन् २०१७ को संस्करणमा ३१ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए । अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको अर्को हप्ता उनले आक्रामक ब्याटिङ गरेका थिए ।

त्यसैले स्मिथ टी-ट्वान्टी क्रिकेटमा निकै चर्चित खेलाडी हुन् । तर, पछिल्लो समय उनले खासै प्रभाब जमाउन सकेका छैनन् । उनी नेपालमा पहिलो पटक खेल्न आउने भएपछि नेपाली समर्थक भने हर्षित छन् ।

ईपीएलको फाइनलमा चुक्दै आएको भैरहवा यस पटक स्मिथको ब्याटले एक कदम अघि बढ्न चाहान्छ र स्मिथ त्यसका लागि योग्य खेलाडी पनि हुन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP