बिहिबार, कार्तिक ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भारतीय भलिबल खेलाडी भन्छन् – दर्शक कम भए

शुक्रबार, माघ १०, २०७६गिता राई
भारतीय भलिबल खेलाडी भन्छन् – दर्शक कम भए
Classic Tech Internet Ad

काठमाडौं । भारतीय राष्ट्रिय भलिबल टिमका स्पाइकर अमित कुमार नेपालमा छन् । काठमाडौंमा सञ्चालन भईरहेको आरबीबी एनभीए नेश्नल क्लब च्याम्पियनसिप खेल्न उनी नेपाल आएका हुन् ।

उनी गत मंसिरमा समेत नेपाल आएका थिए । १३ औं दक्षिण एसियाली खेलकुद साग खेल्न । भारतीय टिमले स्वर्णनै जित्यो । नेपाल समूह चरणमै भारतसंगै हारेको थियो ।

सोही टिमका महत्वपूर्ण सदस्य अमित हेप्प नेपालको टिमबाट क्लब च्याम्पियनसिप खेलिरहेका छन् । दक्षिण एसियाली भलिबलमा भारतको दबदबा छ । अनि भारत सधै नेपाली खेलाडीमाथि हाबी हुँदै आएका छन् ।

एनभीएको क्लब च्याम्पियनसिपमा भारतीय खेलाडीसंग नेपाली भलिबल खेलाडीले प्रतिस्पर्धा गर्न पाएका छन् । प्रतिस्पर्धासंगै अनुभव साट्न पाएका छन् ।


क्लब च्याम्पियनसिप खेलिरहेका अमित नेपालका खेलाडीमा उचाई र खेल्ने रणनीतिको कमी भएको मान्छन् ।

‘भलिबलमा उचाईको धेरै आवश्यकता हुन्छ । नेपाली खेलाडीमा उचाईको धेरै कमी देखिन्छ । र रणनीतिको पनि कमी देखिन्छ ।’ उनी भन्छन् ।

एनभीए क्लब च्याम्पियनसिपमा हेल्प नेपाल स्पोटर््स क्लबबाट खेल्न उनी सहित अन्य दुई भारतीय खेलाडी नेपालमा छन् ।

उनी सम्मिलित टिम हेल्प नेपालले क्वाटरफाइनलमा तीन भारतीय खेलाडी सम्मिलित टिम बुलबुले रारा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

त्यसअघि हेल्प नेपालले बुद्धटोल युवा क्लबलाई पनि सोझो सेटमा हराएको थियो ।

‘उनीहरुको टिममा पनि भारतका तीन खेलाडी थिए । हराउँदा धेरै खुशी लागेको छ । हाम्रो टिमले धेरै राम्रो खेलेको थियो ।’ उनी थप्छन् ।

अमितले नेपाली प्रतियोगितामा खेल्दा धेरै खुशी लागेको र अरु टिमको तुलनामा हेल्प नेपाल बलियो भएको बताए ।

‘नेपालको घरेलु प्रतियोगितामा मेरो पहिलो सहभागीता हो । यसअघि सागमा आएको थिए । धेरै राम्रो लागेको छ ।’ उनले थपे, ‘अरु टिमको तुलनामा हाम्रो टिम धेरै राम्रो छ ।’

तर उनले भारतको तुलनामा नेपालमा कम प्रशिक्षण गरेको बताए ।

‘भारतमा लामो समय प्रशिक्षण हुन्छ । तर यहाँ एक हप्ता मात्र प्रशिक्षण भयो ।’ उनले थपे ।

अमितले प्रतियोगितामा नेपालका घरेलु खेलाडी धेरै बलियो भएको बताए । साथै आफु नेपालमा जित्नका लागि आएको र लक्ष्य उपाधि नै रहेको बताए ।
उनले पहिलेको तुलनामा अहिले नेपालको टिम धेरै राम्रो भएको उल्लेख गरे ।

यस्तै भारतका अर्का खेलाडी विकास कुमारले प्रतियोगितामा दर्शक धेरै भए खेल्नकालागि ऊर्जा मिल्ने बताउँछन् ।

उनी भन्छन्, ‘पहिलाको तुलनामा प्रतियोगितामा दर्शकको कमी छ । सायद फाइनलमा आउनेछन् । दर्शकको भिड भए खेल्न रमाइलो हुन्छ र खेलाडीलाई ऊर्जा मिल्छ । साथै दर्शकको साथले खेल्नका लागि जोड लगाउन प्रोत्साहन मिल्छ ।’

विकासले यसअघि पनि आरबीबी च्याम्पियनसिपमा हेल्प नेपालबाट खेलिसकेका छन् ।

उनले नेपालमा भलिबल खेलेको अनुभव राम्रो भएको सुनाए ।

‘अनुभव राम्रो छ । ३–४ वर्ष पहिला पनि आएको थिए । हेल्प नेपालबाट नै खेलेको थिए । त्यो समय उपाधि जितेका थियौ ।’ उनले भने ।

विकासले उपाधिका लागि आफुले सतप्रतिशत दिन तयार रहेको बताए ।

‘कुनै टिमको पुरा खेल हेरेका छैनौ । तर आर्मी, पुलिस राम्रो छ भन्छन् । सय प्रतिशत दिन्छौं । खेलमा भाग्यको पनि आवश्यकता पर्छ ।’ उनी थप्छन् ।

क्लब च्याम्पियनसिपको पुरुष स्पर्धाको फाईनलमा शुक्रबार दिउँसो हेल्प नेपालले विभागीय टिम एपीएफसंग प्रतिस्पर्धा गर्दैछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !