बिहिबार, कार्तिक ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

पुलिस र एपीएफ समूह विजेता

मंगलबार, माघ ७, २०७६गिता राई
पुलिस र एपीएफ समूह विजेता
Classic Tech Internet Ad

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब राजधानीमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० सेटमा पराजित गर्दै पुलिस समूह 'सी' को विजेता बनेको हो ।

पुलिसले मणिमुकुन्दमाथि २५-१४, २५-२० र २५-१४ को सेटमा जित निकाल्यो । जितसँगै समूह 'सी' को पुलिसले २ खेलमा ६ अंक जोड्यो । पहिलो खेलमा पुलिसले पार्वती भलिबल क्लबबाट वाक ओभर पाएको थियो ।

मणिमुकुन्द समूह उपविजेता बन्दै अन्तिम आठमा पुग्न सफल भयो । मणिमुकुन्दले २ खेलमा ३ अंक जोड्यो ।

पुरुषतर्फ नै मंगलबार एपीएफले जावलाखेल भलिबल केन्द्रलाई ३-० को सेटमा हरायो । एपीएफले जावलाखेललाई २५-१४, २५-१० र २५-९ ले पाखा लगायो ।

जितसँगै समूह 'बी' को विजेता बन्ने क्रममा एपीएफले ३ खेलमा ६ अंक जोड्यो । पहिलो खेलमा एपीएफले बुलबुले रारा क्लबलाई हराएको थियो ।

यस समूहबाट बुलबुले रारा उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । बुलबुलेले दोस्रो खेलमा जावलाखेललाई हराएको थियो । बुलबुलेले २ खेलमा ३ अंक जोड्यो ।

समूह 'ए' बाट त्रिभुवन आर्मी क्लब विजेता र नयाँबजार सामाजिक युवा क्लब उपविजेता तथा समूह 'डी' बाट हेल्प नेपाल स्पोर्टस क्लब विजेता र बुद्धटोल युवा भलिबल क्लब उपविजेता बन्दै यस अघि नै अन्तिम आठमा पुगिसकेका छन् ।

मंगलबारको दुई खेलसँगै पुरुषतर्फको क्वाटरफाइनल समिकरण समेत पुरा भएको छ ।

अब क्वाटरफाइनलमा आर्मीले मणिमुकुन्दसँग प्रतिस्पर्धा गर्दा पुलिसले नयाँ बजारसँग खेल्नेछ । त्यस्तै एपीएफले बुद्धटोलसँग खेल्दा हेल्प नेपालले बुलबुलेसँग खेल्नेछ ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !