• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
५० ओभर टिक्नै धौ धौ !
विश्वास थापा
आइतबार, माघ ५, २०७६ विश्वास थापा
५० ओभर टिक्नै धौ धौ !

काठमाडौँ । मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबार सकिएको छ । एक दिवसीय ढाँचामा खेलाइएको प्रतियोगितामा कुल १५ खेल भए ।

तर १५ मध्य कुनै पनि खेलमा निर्धारित ५० ओभर खेलाडी टिक्क सकेनन् ।

पछिल्लो तीन बर्षदेखि नेपाली क्रिकेटर टी–ट्वान्टी खेल्न ब्यस्त छन् । एमएम कपको नतिजाले नेपाली क्रिकेटर लामो ढाँचाको क्रिकेट खेल्न नसकेको प्रष्ट देखाउँछ ।

राष्ट्रिय टिमबाट खेल्दै आएका खेलाडी सहित प्रादेशिक टिमदेखि विभागीय टिम सम्मका खेलाडीले प्रतियोगिता अवधिभर पुरै ओभर क्रिजमा टिक्न सकेनन् ।

न उल्लेख्य रन बन्यो, न खेलाडी मैदानमा टिक्न सके ।

अन्तराष्ट्रिय स्तरमा एक दिवसीय मान्यता पाएको नेपालले घरेलु प्रतियोगितामा निर्धारित ओभर खेल्न नसक्नु लज्जाको विषय हो ।

नेपाल क्रिकेट संघ क्यान अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको निलम्बनमा रहँदा घरेलु क्रिकेट प्रतियोगिता निकै कम आयोजना भए । तर जति भए, अधिकांश ट्वान्टी ओभरको फ्रेन्चाईज भए ।

यस्तो अवस्थामा एक दिवसीय प्रतियोगिता आयोजना हुनु आफैमा तारिफ योग्य छ । जसले जसोतसो एक दिवसीय क्रिकेट खेल्न खेलाडीलाई अवसर दिन्छ ।

नेपालमा हाल एक दिवसीय प्रतियोगिता निकै सिमित छ । लामो ढाँचाको क्रिकेट त छैन भन्दा हुन्छ ।

नेपालमा तीन ठुला टी–ट्वान्टी फ्रेन्चाइज लिग नियमित आयोजना हुदै आएका छन् । तर एकदिवसीय प्रतियोगिता भने प्रधानमन्त्री कप र एमएम कप मात्र हुने गरेको छ ।

अन्तराष्ट्रिय स्तरमा एक दिवसीय मान्यता पाएको पनि दुई वर्ष पुग्न लागेको छ ।

यसबीचमा न प्रतियोगिता स्तरिय बन्न सकेका छन्, न खेलनै ।

एमएम कपमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशविरुद्ध बनाएको ३ सय ४६ रन सर्वाधिक उच्च स्कोर रह्यो । यद्दपी पुलिस क्लबले निर्धारित ५० ओभर खेल्न सकेन ।

खराब मौषमका कारण ४७ ओभरमा झारिएको खेलमा मात्र मलेसियाले पुरा ओभर खेल्यो । अन्य कुनै पनि इनिङ्समा खेलाडी पुरा ओभर टिक्न सकेनन् ।

मलेसियाले सुदूरपश्चिमविरुद्ध बनाएको ४९ रन सर्वाधिक कम स्कोर रहयो । स्लो पिचमा सुदूरपश्चिमका स्पिनर द्वय शेर मल्ल र बिनोद लामाले मलेसियाको ९ विकेट लिएका थिए ।

तर मलेसियाले समुह चरणको आफ्नो दोस्रो खेलमा सानदार विजयी हात पार्यो । उसले गण्डकी प्रदेशलाई १ सय ९२ रनले पराजित गर्यो ।

पहिलो खेलमा पिचको अवस्था नबुझेको मलेसियाले दोस्रो खेलमा पिच अनुसार उत्कृष्ट प्रदर्शन गरेको थियो । तर नेपाली खेलाडी भने पिच अनुसारको खेल देखाउन चुक्दै आएका छन् । जसको प्रभाब अन्तराष्ट्रिय स्तरका खेलमा समेत देखिने गरेको छ ।

आर्मीका कुशल मल्लले बाहेक अन्य खेलाडीले प्रतियोगितामा शतक बनाउन सकेनन् । उनले एपीएफविरुद्ध ६३ बलमा १ सय ११ रन बनाएका थिए । उनै मल्ल प्रतियोगिताको ४ खेलमा १ सय ९६ रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यान बने ।

किन पुरा ओभर टिक्न सकेनन् खेलाडी ?

स्लो विकेट र हरेक टिममा एक स्तरीय स्पिनर रहेको कारण ब्याट्सम्यान टिक्न नसकेको क्रिकेट टिमका पूर्व कप्तान तथा हाल यू–१९ टिमका प्रशिक्षक बिनोद दास बताउँछन् ।

’विकेट त्यति सजिलो देखिएको थिएन । स्पिनरले बल फालेको देख्दा त टिक्नै मुस्किल देखिन्थ्यो ।’ बिनोद भन्छन्, ’एक दिवसीय प्रतियोगिता नियमित पनि छैन, खेलाडी टी–ट्वान्टीमा ब्यस्त हुँदा एक दिवसीय खेलमा घुलमिल हुन समय पनि लाग्छ । मुख्य कुरा कन्डिसन नै हो ।’

प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा स्पिनर बाहेक अन्य खेलाडीको नाम भेट्टाउन मुस्किल छ । आर्मीका सुशन भारीले ४ खेलमा १५ विकेट लिंदै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिएका थिए ।

यस्तै, सर्वाधिक विकेट लिने सूचिमा शीर्ष पाँचमा सबै स्पिनर मात्र रहेका छन् ।

पुर्व कप्तान तथा स्टार ब्याट्सम्यान पारस खड्का समेत बिनोद दासको कुरामा सहमत देखिन्छन् ।

’आँकडाले मात्र सबै कुरा देखाउँदैन । आयोजकले जसोतसो मैदान तयार गर्नु भएको थियो । वास्तवमा त्रिवि मैदानको पिच समेत अन्तराष्ट्रिय स्तरमा मापन हुँदैन ।’ उनले भने ।

तर खेलाडीले भने आँकडालाई हेरेर आफ्नो खेल बिकास गर्नु पर्ने आवश्यकता रहेको पारस बताउँछन् ।

पारस जसोतसो निर्माण भएको पिचमा राज्यले थप लगानी गर्दै सातै प्रदेशमा स्तरीय मैदान बनाउन सुझाव दिन्छन् ।

’नेपालभर मैदान र पिचमा लगानी गर्नु पर्ने देखिएको छ ।’ उनी भन्छन्, ’सात वटै प्रदेशमा स्तरीय पिच निर्माण गरे ५० ओभर मात्र नभएर दुई दिने क्रिकेट खेलाउनु योग्य हुनेछ ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP