• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
'खेलग्राम' निर्माणमा १ सय ६० स्थानीय तहको प्रस्ताव
हिम बिक्रम केसी
मंगलबार, पुस २९, २०७६ हिम बिक्रम केसी
'खेलग्राम' निर्माणमा १ सय ६० स्थानीय तहको प्रस्ताव
फाईल फोटो : आठौं राष्ट्रिय खेलकुदका लागि तयार पारिदै नेपालगञ्ज रंगशाला ।

काठमाडौं । सरकारले देशभरका स्थानीय तहमा खेलकुद पुर्वाधार निर्माण गर्ने उद्धेश्यले सुरु गरेको ‘एक स्थानीय तहमा एक खेलग्राम’ बनाउने योजनामा १ सय ६० वटा स्थानीय तहले प्रस्ताव पेश गरेका छन् ।

स्थानीय तहमा दीर्घकालीन महत्वत्वका एक एक खेलकुद पूर्वाधार निर्माण गर्ने योजना अन्तर्गत १ सय ६० वटा स्थानीय तहले युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पेश गरेका हुन् ।

आवेदनका लागि खुल्ला गरिएको समयमा सातवटै प्रदेशका १ सय ६० स्थानीय तहले पुर्वाधार निर्माणको प्रस्ताव पेश गरेको मन्त्रालयका खेल पुर्वाधार विकास शाखा प्रमुख राजेश सिग्देलले खेलपाटीलाई जानकारी दिए ।

‘सुचना माग भए अनुसार स्थानीय तहबाट कार्यविधिमा तोकिए अनुसार प्रस्ताव पेश भएका छन् । सात वटा प्रदेशबाट १ सय ६० स्थानीय तहले खेलग्राम निर्माणका लागि प्रस्ताव मन्त्रालयमा पेश गरेका छन् ।’ सिग्देलले भने ।

मन्त्रालयले प्रस्ताव पेश गर्न स्थानीय तहलाई भदौ ४ गतेदेखि असोज ४ गतेसम्मको समय उपलब्ध गराएको थियो ।

कतिपय स्थानीय तहले जानकारी नपाएको भन्दै अझैपनि मन्त्रालयमा खेलग्रामका लागि प्रस्ताव पेश गरिरहेका छन् । ती प्रस्तावलाई अर्को आर्थिक बर्षमा समावेश गर्ने मन्त्रालयको तयारी छ ।

सरकारले अघिल्लो आर्थिक बर्षमा ‘एक स्थानीय तहमा एक खेलग्राम’ निर्माण गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । सोही अनुसार स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि स्वीकृत समेत भईसकेको छ ।

प्रस्ताव गरिएको पूर्वाधारमा सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत लगानी व्यवस्थापन गर्ने मोडालिटी सहित सरकारले खेलग्रामको अवधारणा अघि सारेको हो ।

जस अनुसार बहुउद्धेश्य कर्भडहल सहितको खेल मैदान निर्माण गर्न स्थानीय तहले ३० प्रतिशत बजेटको व्यवस्थापन गरेमा सरकारले ७० प्रतिशत रकम उपलब्ध गराउने छ । तर स्थानीय तहले जग्गा सहितको पूर्वाधारको डीपीआर मन्त्रालयमा पेश गर्नुपर्नेछ । मन्त्रालयले योजना छनोट गरेर आवश्यक रकम स्थानीय तहको खातमा हालिदिनेछ ।

सरकारले चालू आर्थिक बर्षका लागि सो कार्यक्रममा ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नतिजा हेरेर कार्यक्रमको रकम थप गर्न सक्ने अर्थ मन्त्रालयले जनाएको छ ।

खेलकुद मन्त्रालयका अनुसार प्रदेश १ बाट २२ वटा स्थानीय तहले खेलग्राम निर्माणको प्रस्ताव गरेका छन् ।

यस्तै, प्रदेश २ बाट १५, प्रदेश ३ बाट १२, प्रदेश ४ बाट २९, प्रदेश ५ बाट ३१, प्रदेश ६ बाट २७ र प्रदेश ७ बाट २४ वटा खेलग्राम निर्माणको प्रस्ताव मन्त्रालयमा आएका छन् ।

स्थानीय तहले लाखदेखि ४२ करोडसम्मको खेलग्रामको प्रस्ताव मन्त्रालयमा पेश गरेका छ । सिरहाको गोलबजारमा रहेको ५९ विगाहा जग्गामा खेलग्राम बनाउने सम्मको योजना स्थानीय तहले मन्त्रालयमा पेश गरेका छन् ।

मन्त्रालयले चाँडै प्रस्तावहरुको छनोट गरेर कार्यविधि अनुसार स्थानीय तहसंग सम्झौता गर्ने तयारी गरेको छ । बहुबार्षिक योजना अनुसार पूर्वाधार निर्माणको रकम मन्त्रालयले स्थानीय तहलाई प्रदान गर्नेछ ।

Image may contain: outdoor

खेलकुद मन्त्रालयका सह–सचिव अणप्रसाद न्यौपानेले पहिलो बर्षमै १ सय २० बढी प्रस्ताव आउनुलाई सकारात्मक रुपमा मन्त्रालयले लिएको बताउँछन् ।

‘संख्यात्मक रुपमा कमजोर प्रस्ताव हैन । राम्रो पूर्वाधार बनाएर सरकारले नमूनाको रुपमा कार्यक्रमलाई प्रस्तुत गरेमा अरु स्थानीय तहसमेत कार्यक्रममा सहभागी हुनेछन् ।’ उनले खेलपाटीसंग भने ।

सरकारले हरेक स्थानीय तहमा खेलकुदको पूर्वाधार निर्माण गर्ने उद्धेश्यले एक खेलग्रामको योजना अघि बढाएको हो ।

स्थानीय तहमा पूर्वाधार निर्माणको काम अघि बढ्दा देशैभर खेलकुदका गतिविधि बढ्ने र स्थानीय तहमा मापदण्ड पुगेका खेलकुद पूर्वाधार बन्ने सह सचिव न्यौपानले बताउँछन् ।

सरकारले ७ सय ५३ वटै स्थानीय तह कार्यक्रममा जोडिन सक्ने बताएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP