सागका पदकधारीलाई रिलायन्सको सम्मान

काठमाडौं । रिलायन्स पब्लिक स्कुलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरेको छ ।
आफ्नो सप्ताहव्यापी खेल महोत्सव समापनको अवसरमा विद्यालयले कराँतेतर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबल मार्फत रजत जित्ने माया स्याङ्गतेन र ब्याडमिन्टनमा कास्य पदक जित्ने जेसिका गुरुङलाई नगद सहित सम्मान गरेको हो ।
खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष, ओलम्पियन तथा प्रदेश सभासद समेत रहेका सुरेन्द्र हमालले सम्मान गरे ।
सो अवसरमा ओलम्पियन पुष्पराज ओझा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा,नेपाल, बास्केटबल संघका उपाध्यक्ष नरेन्द्र थापा, खेलकर्मी नविन पाण्डे, जिखेविस काठमाडौंका निर्वतमान उपाध्यक्ष दामोदर भट्टराई, बक्सिङका वरिष्ठ प्रशिक्षक ओम मास्के ,रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापा लगायतकको उपस्थिति रहेको थियो ।









-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

