धनगढीमा भेट्रान भलिबल हुने
सोमबार, पुष २१, २०७६खेलपाटी संवाददाता

धनगढी । धनगढीमा वडा स्तरीय भेट्रान भलिबल प्रतियोगिता हुने भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजनामा प्रतियोगिता पुस २४ गतेदेखि २६ गतेसम्म हुनेछ ।
धनगढी उपमहानगरपालिकाका वडाहरुको टिमले सहभागीता जनाउने प्रतियोगिताको विजेताले नगद ४१ तथा उपविजेताले नगद २५ हजार पाउने छन् ।
प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टिमलाई दुई समुहमा विभाजन गरिनेछ ।
लिग चरणका खेलहरु वेष्ट अफ थ्री र सेमिफाईनल र फाईनलका खेलहरु वेष्ट अफ फाईबका आधारमा सञ्चालन हुनेछ ।












-1761130437587.jpg&w=3840&q=75)
