• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ए डिभिजन लिगमा दुई खेल - सम्पूर्ण जानकारी
खेलपाटी संवाददाता
सोमबार, पुस २१, २०७६ खेलपाटी संवाददाता
ए डिभिजन लिगमा दुई खेल - सम्पूर्ण जानकारी

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा आज (सोमबार) दुई खेल हुदैछ ।

लिग अन्तरगत पाँचौं चरणको खेलमा सोमबार दुई खेल हुन लागेको हो । पहिलो खेलमा जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ ।

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।

शीर्ष स्थान जावलाखेलको लक्ष्य

लिगकै उत्कृष्ट लयमा रहेको जावलाखेलले पाँचौं चरणमा एनआरटीको सामना गर्दैछ ।

लिगमा अपराजित रहेको जावलाखेल र एनआरटीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।

जावलाखेल एनआरटीलाई पराजित गर्दै केहि समयको लागि शीर्ष स्थान कब्जा गर्ने दाउमा हुनेछ । यस्तै सुरुवाती खेलबाटै २ अंक खोसिएको एनआरटी पनि जावलाखेललाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छ ।

लिगमा जावलाखेल ८ अंक सहित लिग तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा थ्री स्टारलाई गोलरहित बराबरीमाा रोक्न सफल भएको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै तेस्रो खेलमा संकटासँग बराबरी खेलेको जावलाखेलले चौंथो खेलमा अप्रत्यासित नतिजा निकाल्यो । उसले बलियो मानिएको च्यासल युथलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

लिगको पाचौं खेलमा एनआरटीलाई पराजित गरे जावलाखेल शीर्ष स्थानमा उक्नले छ ।

जावलाखेलका प्रशिक्षक नरेश गिरी एनआरटीलाई पराजित गर्ने लक्ष्यमा आफ्नो टिम रहेको बताएका छन् ।

‘एन आरटी राम्रो टिम हो । हामी पनि उसलाई सहज रुपमा नलिई ३ अंकको लागि खेल्छौं ।’ नरेश भन्छन् ।

यस अघि व३टै विदेशी खेलाएको जावलाखेल पाचौं खेलमा भने एक साउथ एसियन कोटाको एक खेलाडी पनि मैदान उतार्दै छ । उसले भारतीय स्ट्राइकर कुवेर विष्ट अनुबन्ध गरेको छ ।

गत सिजन भएको यी दुईको भिडन्तमा एनआरटीले बाजी मारेको थियो । सुशील लामा म्यान अफ दि म्याच भएको खेलमा जावलाखेल २–१ गोल अन्तरले पराजित भएको थियो ।

यता, एनआरटीका प्रशिक्षक राजु काजी शाक्य जावलाखेललाई हल्का नलिई ३ अंक खोस्ने दाउमा छन् ।

‘जावलाखेलले राम्रो खेल खेलिरहेको छ । मोरल पनि हाई छ उनीहरुको । सामान्य लिनु हुँदैन उनीहरूलाई । तर पनि हामी ३ अंकको लागि खेल्छौं,’ उनले भने ।

अन्तिम खेलमा मछिन्द्रसँग पराजित हुँदा आफ्ना मुख्य स्ट्राइकर गुमाएको एनआरटी उनको आगमनसँगै हौसिएको छ । उसको जोर्डन जिआर ओआना दुई खेलमा पाएको पहेलो कार्डका कारण एक खेलको प्रतिबन्धमा रहेका थिए । सोमबार भने उनी टिममा फर्कने छन् ।

गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एनआरटीको सुरुवातबाटै २ अंक खोसिएको छ । लिगमा दुई जित र दुई खेल हारेको उसको २ अंक खोसिदा ४ अंक रहेको छ । जारी लिगमा संकटा र मछिन्द्रसँग पराजित एनआरटीले सरस्वती युथ र च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

बहुप्रतिक्षित भिडन्त

पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको मछिन्द्रले पहिलो पटक लिगमा शीर्ष स्थान कब्जा गर्ने अवसर बनाउँदै छ ।

चौंथो चरणसम्म तेस्रो रहेको मछिन्द्रले पाँचौं चरणमा साविक विजेता मनाङ मर्स्याङ्दीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउसो ३ बजे सुरु हुनेछ । लिग लिडर समत रहेको मनाङलाई पराजित गर्न सके मछिन्द्र शीर्ष स्थानमा उक्लनेछ ।

गत सिजन लिग जित्दा मनाङमा रहेका ७ खेलाडी अहिले मछिन्द्रमा रहेका छन् । त्यसैले पनि यस खेललाई महत्वका साथ हेरिएको छ । लामो समय मनाङमा बिताएका अधिकांश खेलाडी पहिलो पटक मनाङविरुद्ध उत्रदैछन् ।

अघिल्लो सिजन मनाङबाट खेलेका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन्त गुरुङ, दिपक राई, लोनमा आएका देभेन्द्र तामाङ र अभिषेक रिजाल मछिन्द्रबाट खेल्दैछन् ।

त्यसैले त मनाङ र मछिन्द्रलाई नेपाली फुटबलको नयाँ प्रतिद्वन्दीको रुपमा पनि हेरिएको छ ।

मछिन्द्रका कप्तान विराज महर्जन पुरानो क्लबविरुद्ध आफुहरु खेल्न तयार भएको बताउँछन् ।

‘हाम्रो पुरानो क्लब हो । एक हिसाबले आफ्नै क्लबसँग खेल्न पाउँदा खुसी पनि छौं । हामी खेल्न तयार छौं । हाम्रो मुख्य लक्ष्य नै ३ अंक हुनेछ,’ पहिलो पटक मछिन्द्रबाट खेल्दै गरेका महर्जनले भने ।

जारी लिगमा अपराजित रहेको मछिन्द्र ९ अंक जोड्दै तालिको तेस्रो स्थानमा छ । गत सिजन लिगमा गरेको खराव प्रदर्शनका कारण मछिन्द्रसँग सुरुवातमै एक अंक खोसिएको छ ।

पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई पराजित गरेको मछिन्द्र दोस्रो खेलमा भने च्यासलयुथसँग १-१ को बराबरीमा रोकिएको थियो । यस्तै तेस्रो खेलमा फ्रेन्डसलाई ३–० गोल अन्तरले पराजित गरेको मछिन्द्रले चौंथो खेलमा भने एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

गत सिजन मनाङले मछिन्द्रलाई १-० गोल अन्तरले पराजित गरेको थियो । जुन खेलमा मछिन्द्रका गोलरक्षक दिप कार्की म्यान अफ दि म्याच चुनिएका थिए ।

मनाङ अघिल्लो सिजनको प्रदर्शनलाई कायम राख्ने योजनामा हुनेछ । मनाङका विदेशी प्रशिक्षक फुजा तोपे मछिन्द्रविरुद्ध ३ अंकको लागि नै खेल्ने बताउछन् ।

‘मछिन्द्र यस पटक बलियो छ । तर हामी ३ अंकका लागि खेल्छौं ।’ फुजा भन्छन् ।

यता, मनाङ आफ्ना मुख्य खेलाडी अन्जन विष्टको पुनरागमनमा सुखद् नतिजा दिने लक्ष्यमा रहेको छ । ‘डिस्को काण्ड’ मा मुछिएका अन्जन एन्फाको ४५ दिनको कारबाही फुकुवासँगै टिममा फर्कन लागेका हुन् ।

अन्जन टिममा फर्कदा सबैलाई हौसला बढेको र टिमलाई धेरै फाइदा पुगेको समेत प्रशिक्षक फुजाले बताए ।

पहिलो खेलमा विभागीय एपीएफ र दोस्रो खेलमाआर्मीलाई पराजित गरेको मनाङले तेस्रो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको थियो । चौंथो खेलमा भने मनाङ फ्रेन्ड्ससँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP