• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
कस्तो रह्यो भलिबलको पछिल्लो एक वर्ष ?
गिता राई
बिहीबार, पुस १७, २०७६ गिता राई
कस्तो रह्यो भलिबलको पछिल्लो एक वर्ष ?

काठमाडौं । नेपाली भलिबलको पछिल्लो एक वर्ष ऐतिहासिक रह्यो । सहभागिता, प्रर्दशन र प्राप्त सफलताले भलिबलले इतिहासकै उत्कृष्ट नतिजा निकाल्न सफल बन्यो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टिमले पाएको ऐतिहासिक रजत पदक र पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबलमा प्राप्त स्वर्णले महिला भलिबलले ईतिहास रचेको हो ।

महिला भलिबलले एकपछि अर्को अन्तराष्ट्रिय सफलता हासिल गरिरहदाँ पुरुष भलिबल भने माथि उक्लिन सकेन ।

घरेलु भूमिमै भएको एभिसी सेन्ट्रल जोनमा पराजित बन्यो । सागको समूह चरण समेत पार गर्न सकेन ।

महिला भलिबलको स्वर्णीम दिन

बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा महिला टोलीले जितेको स्वर्णले निकै चर्चा तथा प्रशंसा बटुल्यो । कात्तिक २४ देखि २८ सम्म आयोजना भएको प्रतियोगितामा अपराजित रहँदै महिला टिमले ऐतिहासिक स्वर्ण हात पारेको थियो ।

पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सेटमा हराउँदै नेपालले विजय सुरुवात गरेको थियो । नेपालले २५–४, २५–९ र २५–६ को सेटमा जित निकालेको थियो ।

दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो । सो खेल नेपालले २५–१५, २५–१९ र २५–२० को सेटमा जित निकाल्न सफल भएको थियो ।

तेस्रो खेलमा नेपालले बंगलादेशलाई २५–७, २५–६ र २५–६ को सेटमा पाखा लगायो ।

नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सेटमा हराउने क्रममा २५–१४, २५–६ र २५–१३ को जित निकाल्न सफल भयो ।

फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पाखा लगाउदै उपाधि हात पार्यो । सो खेल नेपालले २५–१३, २५–१२ र २५–८ को सेटमा जितेको थियो ।

एभिसीमा पुरुष टिम समूह चरणबाटै बाहिरिनु

पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपालको पुरुष भलिबल टिम समूह चरणबाटै बाहिरियो ।

ललितपुरको लगनखेलस्थित आर्मी कर्भडहलमा भदौं ३ देखि ८ गतेसम्म भएको प्रतियोगिताको पहिलो खेलमै हार व्यहोरेको पुरुष टिम पाँचौ स्थानमा रह्यो ।

पहिलो खेलमा कीर्गिस्तानसंग २५–२३, २५–२२ र २५–२२ ले पराजित भएको नेपाल दोस्रो खेलमा माल्दिभ्ससंग २५–२२, २५–२१ र २५–१४ को सोझो सेटमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो ।

पाँचौ स्थानका लागि भएको प्ले अफमा नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हराएको थियो ।

नेपालले २५–२३, २३–२५, २५–१८ र २६–२४ को सेटमा जित निकालेको थियो ।

निकै खराब प्रर्दशन गरेको पुरुष टिमले घरेलु मैदान, दर्शकको समर्थनको फाइदा लिन सकेन । खेलमा पुरानै कमजोरी देखिएको थियो ।

सागमा महिला टोलीले जितेको मन

१३ औं सागमा महिला र पुरुष टिमले बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गरेका थिए । महिला टिम विजयी बन्यो भने पुरुष टिमले हार ब्यहोरेको थियो ।

महिला टोलीले २५–९, २५–९ र २५–११ के सोझो सेटमा बंगलादेशलाई हराएको थियो । पुरुष टिम भने बंगलादेशसँग ३–२ को सेटमा खेल गुमाएको थियो । खेलमा नेपालले २५–२१, २५–२३, २५–१९, २६–२५ र १५–१२ को सेटमा पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालको महिला र पुरुष टिम भारतसँग समान ३–० को सेटमा हार्न पुगे । महिला टिमले २६–२४, २५–१२ र २५–१६ को सेटमा खेल गुमाएको थियो ।

पुरुष टिम भने २५–१५, २५–१३ र २५–१६ को सेटमा पराजित भएको थियो । दुई हार व्यहोरेको पुरुष टिम समूह चरणबाटै बाहिरियो । समूह चरणको खेलमा एक जित निकाल्दै महिला टिम भने सेमिफाईनल प्रवेश गर्यो ।

सेमिफाईनलमा महिला टिमले श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा हराउँदै फाईनल प्रवेश गर्यो । फाईनलमा पुरानै प्रतिद्धन्दी भारत थियो । नेपालले पहिलो पटक फाईनलमा भारतसंग ५ सेटको खेल खेल्यो । तर नतिजा भारतलाई सुम्पियो ।

निकै रोमान्चक बनेको फाईनलको पहिलो सेट भारतले २५–१७ ले जितेको थियो । तर दोस्रो र तेस्रो सेट नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो सेट २५–२३ र तेस्रोमा २५–२१ को जित निकाल्यो ।

घरेलु दर्शकको समर्थन पाएको महिला टिमले उच्च प्रर्दशन गरेको थियो । तर चौथो खेल भारतले २५–२० ले जित्दै बराबरी गर्यो ।

पाँचौ सेटले उपाधिको छिनोफानो गर्ने भयो । तर दक्षिण एसियाली क्षेत्रमा सधै हावी हुँदै आएको भारतले अन्तिम सेटमा १५–६ को एकतर्फी जित निकाल्दै स्वर्ण जित्यो । तर नेपालले समेत सागमा पहिलो पटक रजत पदक प्राप्त गर्न सफल रह्यो ।

सागको फाईनलमा नेपाली महिला टिमको प्रर्दशन भने उच्च थियो । खेलाडीको प्रर्दशनले सारा नेपाली दर्शकको मन जितेको थियो । भारत भन्ने बित्तिकै नर्भस हुने खेलाडीले सागको फाईनलमा कडा टक्कर दिएका थिए ।

नयाँ अनुहारले लोभ्याएको दर्शकको मन

सागको बन्द प्रशिक्षणमा धेरै नयाँ अनुहार महिला भलिबलमा देखिए । पूर्व कप्तान बिनिता बुढाथोकी, पूर्व उपकप्तान मञ्जु गुरुङ तथा अन्य खेलाडीलाई बाहिर राख्दै नयाँ अनुहारलाई मौका दिईएको थियो ।

सलिना श्रेष्ठ, निरुता ठगुन्ना, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, हिरा केसी र उषा भण्डारी राष्ट्रिय टिममा पहिलो पटक पर्न सफल भए । पुरानो टिमका ६ खेलाडीबाहेक सबै नयाँ अनुहार मात्र थिए । जसले केही विवाद समेत सिर्जना गरेको थियो ।

तर नयाँ खेलाडीले समेत आफुलाई प्रमाणित गरेर देखाए । नयाँ अनुहारले समेत लोभलाग्दो प्रर्दशन गरे र सबैको मन जित्न सफल रहे । सलिना श्रेष्ठ एक राम्रो उदाहरण हुन् ।

नेपालले एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जित्दा होस वा सागमा रजत पदक हात पार्दा सलिन खेलको केन्द्रमा थिईन् । उनको प्रर्दशनले सबै दर्शकको मन तानेको थियो । होचो कदको भएपनि उनको प्रर्दशनले सबैको मन जितेको थियो ।

Image may contain: 1 person

मानबहादुर टिममा नपर्नु

राष्ट्रिय पुरुष भलिबल टिममा मानबहादुर श्रेष्ठ परेनन् । मानबहादुर टिममा नपरेपछि धेरैले त्यसको विरोध गरे ।

सबैको प्रश्न थियो, किन मानबहादुर टिममा परेनन् ? उनलाई किन टिममा राखिएन ?

पुरुष भलिबलका नम्बर एक स्पाइकरको रुपमा परिचित मानबहादुर जापानमा व्यावसायिक भलिबल खेल्न गएका थिए । जसले गर्दा उनले आठौं राष्ट्रिय खेलकुद खेल्न पाएनन् । आठौंलाई छनोटको आधार मान्दै उनलाई टिम बाहिर राखियोे । जसले गर्दा उनले एभिसी सेन्ट्रल जोन र साग खेल्न पाएनन् ।

संघका केही पदाधिकारीको ईगो र सनकको सिकार मानबहादुर बने । उनलाई विभागीय कारबाही पनि भयो । राष्ट्रिय टिमबाट बाहिर पनि रहे । तर सबै खेलमा मानबहादुरको खोजी भैरह्यो ।

व्यस्त घरेलु भलिबल 

घरेलु प्रतियोगिताको संख्या वृद्धि हुदाँ अन्तराष्ट्रिय सफलता प्राप्त हुने राम्रो उदाहरण भलिबल बनेको थियो ।

पछिल्लो एक बर्ष राजधानी र मोफसलमा भलिबलमा धेरै प्रतियोगिता भएका छन् । संघ, विभाग र जिल्ला र विभिन्न संस्थाले आयोजना गर्ने प्रतियोगिताले वर्षभरीनै खेलाडीलाई व्यस्त राख्ने गरेको छ ।

जसले गर्दा खेलाडीले आफुलाई फिट राख्न र वर्षभरीनै व्यस्त राख्न पाएका छन् । जसले गर्दा अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रर्दशन सुधान्मुख देखिएको छ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP