एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप माघमा
बुधबार, १६ पौष २०७६खेलपाटी संवाददाता

काठमाडौं । चौंथो संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष भलिबल क्लब च्याम्पियनसिप माघमा आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघको अनुसार प्रतियोगिता माघ ३ देखि १० गतेसम्म हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिताबारे संघले केहि दिनमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ ।
गत संकरणमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको थियो । पोखरामा भएको पुरुषको च्याम्पियनसिपमा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको थियो ।
यस्तै महिलातर्फ एपीएफ क्लबले उपाधि जितेको थियो ।
गत संस्करणमा विजेताले २ लाख र उपविजेताले १ लाख पाएको थियो ।












-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
