• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जितसहित ब्रिगेडको सयौं खेल पुरा
नमीन ढकाल
मंगलबार, पुस १५, २०७६ नमीन ढकाल
जितसहित ब्रिगेडको सयौं खेल पुरा

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा ब्रिगेडले १० खेलाडीमा सिमित शेर्पालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ब्रिगेडको जितमा विजय गुरुङले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा विजयले निर्णायक गोल गरेका हुन् ।

डिबक्स बाहिरबाट उनको कडा प्रहार शेर्पाका खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो ।

खेलमा झिनो अन्तरको हार जित निस्किए पनि दुवै टोलीले गोलको थुप्रै अवसर खेर फालेका थिए ।

खेलको ३५ औं मिनेटमा विजयको अर्को प्रहार शेर्पाका गोलकिपर किशोर गिरिले बचाएका थिए ।

दोस्रो हाफमा शेर्पा निकै आक्रामक देखिएको थियो । ७८ औं मिनेटमा शेर्पाले गोलको सुनौलो अवसर खेर फाल्यो । ब्रिगेडका गोलकिपर विशाल सुनारले खुस्काएको बललाई शेर्पाका त्रिदेभ गुरुङ गोल गर्न चुके ।

८६ औं मिनेटमा विजयको क्रसमा ब्रिगेडका रोशन राना मगर गोल गर्न चुके ।  ८१ औं मिनेटमा फेरि शेर्पा बराबरी नजिक पुगेर चुक्यो । उसका त्रिदेभले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुके । विशन गुरुङको पासमा त्रिदेभ ब्रिगेडका किपरलाई बिट गर्न असफल रहे ।

यस्तै ८६ औं मिनेटमा विजयको क्रसमा ब्रिगेडका रोशन राना मगर गोल गर्न चुके । त्यस्तै ९० औं मिनेटमा डिबक्स भित्रबाट विजयको प्रहार शेर्पाका गोलकिपर किशोरले पन्च गर्दै बाहिर फाल्दा ब्रिगेड अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।

यस्तै खेलको अन्तिम केहि मिनेट शेर्पा १० खेलाडीमा सिमित भएको थियो । शेर्पाका निरज बस्नेत दोहोरो पहेलो कार्डसहित रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

खेलमा ब्रिगेडका गोलकिपर विशाल म्यान अफ दि म्याच चुनिए । 

यस खेलसँगै ब्रिगेडले 'ए' डिभिजन लिगमा आफ्नो १ सय खेल पुरा गरेको छ ।

२०६१ सालमा 'ए' डिभिजन लिगमा बढुवा भएको ब्रिगेडको यस खेल लिगमा १ सय खेल हो ।

जितसँगै ब्रिगेडले ४ खेलमा ६ अंक जोडेको छ । ब्रिगेड लिगको छैटौं स्थानमा रहेको छ ।

शेर्पाले ४ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको ११ औं स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

जितपछि ब्रिगेडका प्रशिक्षक खगेन्द्र पुनले जित सहित ऐतिहासिक खेल स्मरणीय बनाउने योजना सफल भएको बताए ।


'खेल जित्दै इतिहासलाई स्मरणीय बनाउनु पर्छ भन्ने योजना थियो । सबै खेलाडीले राम्रो खेल्दा सम्भव भयो,' उनले भने, 'खेलमा पाएका केहि अवसर सदुपयोग गर्न सकेनौ । हाम्रो लक्ष्य लिगको शीर्ष ६ मा रहने हो ।'


शेर्पाका प्रशिक्षक सन्जिब बुढाथोकीले खेलाडीले राम्रो प्रदर्शन गरेपनि गोल निकाल्न नसकेको बताए ।

'पहिलो हाफ सोचेजस्तो भएन । दोस्रो हाफ राम्रो भयो तर, स्कोर निकाल्न सकेनौ,' उनले भने, 'अब आउने खेलमा जित्नेगरी खेल्छौ । आज ब्रिगेडले राम्रो खेल्यो ।'

Image may contain: 2 people, people smiling, people standing

शेर्पा प्लेईङ सेट -
किशोर गिरि, मान बहादुर तामाङ, विजय श्रेष्ठ, त्रिदेभ गुरुङ,निरज बस्नेत, रबि थापा मगर, आशिष गुरुङ, विशन गुरुङ, कैलाश बस्नेत, विनोद गुरुङ, स्टेफेन समिर

ब्रिगेड प्लेईङ सेट -
अनिल गुरुङ, जया गुरुङ,मनोज राई, पदम भण्डारी, रोशन राना मगर,रन्दिप पौडेल, शिशिर लेखी, विजय गुरुङ, विशाल सुनार, उत्तम गुरुङ, बुसारी

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP