काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाईज क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेडले १-० को अग्रता बनाएको छ । खेलको १७ औं मिनेटमा विजय गुरुङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका हुन् ।
डिबक्स बाहिरबाट उनको कडा प्रहार शेर्पाका खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो ।
ब्रिगेड आज जित निकाल्दै क्लबको शतक अर्थात् १ सय खेल विशेष बनाउने लक्ष्यमा रहेको छ ।
२०६१ सालमा 'ए' डिभिजन लिगमा बढुवा भएको ब्रिगेडको यो लिगमा १ सय खेल हो ।
