पहिलो हाफमा मनाङलाई १-० को अग्रता
सोमबार, पुष १४, २०७६खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मनाङले १-० को अग्रता बनाएको छ ।
खेलको ११ औं मिनेटमा रन्जन बिष्टले हेड गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् ।
मनाङ यस सिजन फ्रेन्ड्सविरुद्ध बदला लिने योजना सहित मैदान उत्रिएको छ । गत सिजनको लिगको अन्तिम खेलमा मनाङलाई फ्रेन्ड्सले १-० ले हराएको थियो ।
यस्तै फ्रेन्ड्स गत वर्षको नतिजा कायम राख्ने योजनामा रहेको छ ।






-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





