शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

जिम्न्याष्टिक संघको अध्यक्षमा प्रधान

शनिबार, १२ पौष २०७६खेलपाटी संवाददाता
जिम्न्याष्टिक संघको अध्यक्षमा प्रधान
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल जिम्न्याष्टिक संघको शनिबार सम्पन्न चुनावी साधारण सभाले ध्रुवबहादुर प्रधानलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ ।

प्रधानको अध्यक्षतामा साधारण सभाले शनिबार २९ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन गरेको छ ।

२०७५ साल माघ ९ गतेबाट अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकीकरण भएपछि  पहिलो पटक चुनाव भएको हो । त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकीकरण गरी पुनर्गठन गरिएको थियो ।

एकीकरणअघि नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधान नेतृत्वको संघलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंह नेतृत्वको संघलाई राष्ट्रिय मान्यता थियो ।

एकीकरणपछि सह–अध्यक्ष भएका किशोरबहादुर सिंह त्यही पदमा यथावत् रहे । सात उपाध्यक्षमा दीपककृष्ण प्रजापति, राजेश खड्का, बाबुराम थापा, गीता क्षेत्री, अरुणकुमार राठी, सुशिलप्रकाश प्रधान र मोहनराज भट्ट रहेका छन् ।

मुकुन्दराज शर्मालाई पुनः महासचिवकै जिम्मेवारी दिइयो भने प्रमिला सिंह श्रेष्ठ र वचन देउजाले सचिव, सुनिलमान सिंले कोषाध्यक्ष तथा डा. कुस्मिला आचार्यले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।

रामप्रसाद बस्याल, पर्मेश्वर जोशी, हरि पाण्डे, सूर्यबहादुर अधिकारी, प्रवीण उप्रेती, योगेन्द्र गुरुङ, शंकरप्रसाद पौडेल, डा. सानु कुमार, पूर्णमान वज्राचार्य, खगेन्द्रप्रसाद अधिकारी, विष्णुनारायण ग्वाछा, सन्देश मानन्धर, राजेशमान श्रेष्ठ, अनिलचन्द्र वज्राचार्य र शैलैन्द्र श्रेष्ठ सदस्यमा चयन भए ।

साधारणसभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख समेत रहेका प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पदाधिकारीहरुलाई शपथ खुवाउनुका साथै प्रमाण पत्र प्रदान गरे ।

जिम्न्याष्टिक संघ १४ औं संघका रुपमा राखेपमा २०३७ सालमा दर्ता भएको थियो । जिम्न्याष्टिक खेल भने नेपालमा २०२७ सालदेखि खेल्न सुरु गरिएको बताइएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने