• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अनन्तको गोलमा थ्री स्टार विजयी
नमीन ढकाल
शनिबार, पुस १२, २०७६ नमीन ढकाल
अनन्तको गोलमा थ्री स्टार विजयी

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ ।

शनिबार भएको खेलमा थ्री स्टारले एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा अनन्तले निर्णायक गोल गरे ।

दायाँ भागको कर्नर साइडबाट मिक्छेन तामाङको फ्रिकिकलाई अनन्तले हेडबाट पोस्टको दिशा दिएका थिए । सुशान्त श्रेष्ठलाई एपीएफका डिफेन्डरले फउल गर्दा थ्री स्टारले फ्रिकिक पाएको थियो ।

खेलमा म्यान अफ दि म्याच अनन्त चुनिए ।

यससँगै थ्री स्टारले लिगमा दोस्रो जित निकालेको छ । र, थ्री स्टारले ३ खेलमा ७ अंक जोडेको छ । 

थ्री स्टार लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ  । 

यस अघि पहिलो खेलमै जावलाखेलसँग गोलरहित बराबरीमा रोकिएको थ्री स्टारले दोस्रो खेलमा पुलिस क्लबमाथि १-० को कठिन जित निकालेको थियो ।

एपीएफको यो दोस्रो हार हो । लिगको १२ औं स्थानमा रहेको एपीएफको १ अंक रहेको छ ।  पहिलो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दीसँग २-० ले पराजित एपीएफले हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो । 

थ्री स्टार हाबी

एपीएफविरुद्ध साँघुरो जित निकालेपनि खेलमा थ्री स्टार हाबी रह्यो । बल पोजिसनमा पकड र आधा दर्जन पोस्ट आक्रमण गरेपनि थ्री स्टार थप गोल गर्न भने सकेन ।

एपीएफविरुद्ध थ्री स्टारले सुरुवातबाटै आक्रामक खेल पस्किएको थियो । खेलको चौथो मिनेटमै थ्री स्टारका दिपेश घलेले डिबक्स भित्रबाट मिलाएको क्रसमा सुशील राईको हेड एपीएफका गोलरक्षक अमृत कुमार चौधरीले पन्च गर्दै बाहिर फालेका थिए ।

खेलको आठौं मिनेटमा एपीएफले गोलको सुनौलो मौका गुमायो । नविन लामाले डिबक्स भित्रबाट हानेको प्रहार थ्री स्टारका कप्तान बिक्रम लामाले क्लियर गरे ।

१० औं मिनेटमा थ्री स्टारले गोलको सुनौलो अवसर गुमाएको थियो । एपीएफका डिफेन्डर राजन गुरुङबाट बल खोस्दै मिक्छेन तामाङले मिलाएको पासमा वान भर्सेस वानको स्थितिमा रहेका विदेशी खेलाडी हाजमातले बाहिर प्रहार गरे ।

३० औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा कप्तान बिक्रम लामाको हेड दोस्रोबार नजिकैबाट बाहिरियो । यस्तै ३७ मिनेटमा दिपेश घलेको प्रहार क्रसबारमा लागेर फर्कदा थ्री स्टार अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।

Image may contain: 2 people, people smiling, people standing and text

पहिलो हाफको तुलनामा दोस्रो हाफमा एपीएफले सुधारिएको प्रदर्शन गर्यो ।

दोस्रो हाफको सुरुवातमै नवीन लामाले २० यार्डबाट हानेको फ्रिकिक क्रसबार माथिबाट बाहिरियो । यस्तै ६७ औं मिनेटमा राजिब लोप्चाङको पासमा आशिष लामाको हेड थ्री स्टारका विदेही गोलरक्षक प्रिसोले सहजी बचाए ।

यता, खेलको ७४ औं मिनेटमा थ्री स्टारका सुशील राईले मिलाएको पासमा डिबक्स बाहिरबाट कप्तान बिक्रमको कडा प्रहार एपीएफका गोलरक्षक अमृतले पन्च गर्दै बाहिर पठाएका थिए ।

यस्तै ८५ औं मिनेटमा थ्री स्टारले अर्को अवसर गुमायो । मिक्छेनले करिब २२ यार्डबाट प्रहार गरेको फ्रिकिक एपीएफका गोलरक्षक अमृतले थाहा नपाउदै क्रसबारमा लागेर फर्किएको थियो ।

त्यसपछि ८९ औं मिनेटमा आशिष लामाले मैदानको ३५ यार्डबाट हानेको फ्रिकिक दोस्रो बारको केही इन्चबाट बाहिरिदा एपीएफ बराबरी गर्न चुकेको थियो ।

के भन्छन् प्रशिक्षक ?

एपीएफमाथि जित हात पारेपनि थ्री स्टारका प्रशिक्षक मेघराज केसी खुसी देखिएनन् । प्रशिक्षक केसीले पाएको अवसर सदुपयोग गर्न समेत नसकेको बताए ।

'खेल प्रतिस्पर्धात्मक भयो । गोल सोचेजस्तो भएन । हाम्रो स्ट्राइक लाइनमा समस्या छ । पाएको अवसर सदुपयोग गर्न सकेनौ,' उनले भने ।

एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले जित्ने लक्ष्य भएपनि आफ्ना खेलाडी ठुला क्लबसँग डराएको कारण हार व्यहोर्नु परेको बताए ।

'हामी जित्ने हिसाबले आएका थियौं । नत्र बराबरी खेल्ने लक्ष्य थियो तर, भएन,' उनले भने, 'क्लबको नामसँग खेलाडी डराए जस्तो भयो । अन्तर्राष्ट्रिय खेलाडी नहुँदा मनोबल गिरेको जस्तो देखियो ।'

थ्री स्टार प्लेईङ सेट -
अनन्त तामाङ, सुशन श्रेष्ठ,बिक्रम लामा,प्रविन कुमार सैंजु,प्रिसो, एरिनोसो,हाजमत,मिक्छेन तामाङ,दिपेश घले,सुशिल राई,अशोक खवास

एपीएफ प्लेईङ सेट -
राम कुमार कुमाल,अमृत कुमार चौधरी,सुदिप शिख्राकार,नबिन लामा,रमेश दंगाल,आशिस लामा,राजन गुरुङ,बुद्धि मान राई,टोप बहादुर बिष्ट,प्रदिप लामा,राजिब लोप्चन

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP