• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एसियन म्याराथनमा नेपाल अनुपस्थित
हिम बिक्रम केसी
शुक्रबार, पुस ११, २०७६ हिम बिक्रम केसी
एसियन म्याराथनमा नेपाल अनुपस्थित

काठमाडौं । नेपालले १७ औं संस्करणको एसियन म्याराथन च्याम्पियनसिपमा सहभागीताको मौका गुमाएको छ । नेपाल एथ्लेटिक्स संघ जिम्मेवार नबन्दा नेपाली खेलाडीले एसियाली म्याराथनमा सहभागी हुने अवसर गुमाएका हुन् ।

यसअघि लगातार दुई संस्करण एसियन म्याराथनमा नेपाल सहभागी भएको थियो । यस बर्षका लागि तय भएको डिसेम्बर २२ को एसियन च्याम्पियनसिपमा नेपालले खेलाडी पठाएन ।

एसियन एथ्लेटिक्स महासंघले प्रत्येक दुई बर्षमा आयोजना गर्ने प्रतियोगितामा एसिया भरका राष्ट्रले सहभागीता जनाउँदै आएका छन् ।

सन् २०१५ मा नेपालबाट भूमिराज राई र सरिता वासीले एसियन म्याराथन च्याम्पियनसिप खेलेका थिए ।

त्यस्तै, सन् २०१७ मा गोपिचन्द्र पार्की र होमलाल श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेका थिए । तर यस बर्ष डिसेम्बरको अन्तिम सातामा आयोजित प्रतियोगितामा नेपालले सहभागीता जनाएन । प्रतियोगिता चीनको गोञ्जाओमा सम्पन्न भएको छ ।

नेपाल एथ्लेटिक्स संघका महासचिव धनविर चौधरीले दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीले गर्दा एसियन च्याम्पियनसिपमा खेलाडी सहभागी गराउन नसकिएको बताउँछन् ।

‘भर्खरै साग गेम्स सम्पन्न भयो । खेलाडी यसैमा दौडिए । सोही कारण एसियन म्याराथनमा सहभागी नभएको हो ।’ उनले खेलपाटीसंग भने ।

महासचिव चौधरीले खराब नतिजा आउने भएकाले अरु खेलाडीलाई एसियन च्याम्पियनसिपमा खेल्न नपठाएको बताउँछन् ।

‘साग गेम्सको तयारीमा दुई जनामात्र थिए । अरु क्याम्पमा थिएनन् । अरु पठाउँदा रिजल्ट खराब आउँछ, राम्रो हुदैन । त्यही कारणले नपठाएको हो ।’ उनले भने ।

एसियन म्याराथनमा नेपालको गर्विलो ईतिहास छ । सन् १९७३ मा एसियन एथ्लेटिक्स महासंघले सुरु गरेको प्रतियोगितामा नेपालका जीतबहादुर केसीले पहिलो सहभागीतामै कास्य जितेका थिए । सन् १९७५ मा भएको दोस्रो संस्करणमा समेत केसीले कास्य जितेका थिए । त्यही समय नेपालका बैकुण्ठ मानन्धरले समेत एसियन म्याराथन दौडिएका थिए ।

एसियन च्याम्पियनसिपबाट अन्तराष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेका बैकुण्ठले करिब डेढ दशक दक्षिण एसियाली म्याराथनमा एकछत्र राज गरे । उनले सागको सुरुवाती तीन वटै संस्करणमा म्याराथनतर्फ नेपाललाई स्वर्ण दिलाएका थिए ।

लामो दुरीको दौडमा दक्षिण एसियामा गर्विलो ईतिहास बनाएको नेपालको पछिल्लो सहभागीता भने पातलिएको छ ।

सम्बन्धित संघका पदाधिकारी गम्भिर र जिम्मेवार नबन्दा नेपाली खेलाडीले एसियाली स्तरको अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने अवसरबाट बञ्चित हुन परेको छ ।
नेपाल एथ्लेटिक्स संघले सागको बन्द प्रशिक्षणमा दुई भन्दा बढी खेलाडी समावेश गर्न नपाउँदा एसियन च्याम्पियनसिपमा खेलाडी पठाउन नसकिएको दाबी गर्छ ।

तर अन्तराष्ट्रिय प्रतियोगिता खेल्न गर्नुपर्ने तयारी र बनाउनुपर्ने योजनामा अनविज्ञता प्रकट गर्छ ।

‘सागको तयारीमा थियौ । थप खेलाडी बन्द प्रशिक्षणमा राख्न राष्ट्रिय खेलकुद परिषद् राखेपलाई भनेका थियौ । तर राखेपले दुई भन्दा बढी खेलाडी राख्न मानेन । त्यसो नहुँदा गाह्रो भयो ।’ महासचिव चौधरी भन्छन् ।

उनले म्याराथन खेल्ने खेलाडी नहुँदा समेत एसियन च्याम्पियनसिपमा खेलाडी पठाउन नसकिएको बताए ।

‘राम्रो खेलाडी पठाउने हो । पहिलो र दोस्रो हुनेलाई पठाउने हो । अरुलाई पठाउँदा आफ्नो मान्छे पठाए भन्ने हुन्छ ।’ उनले भने, ‘खेलाडी समेत २–४ भन्दा बढी छैनन् । भएका समेत फर्ममा थिएनन् । दौडनै पुरा नगर्ने पठाएर अर्थ हुदैन ।’

एसियन एथ्लेटिक्स महासंघले सन् १९७३ बाट म्याराथन सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा एकसाथ सञ्चालन गर्ने गरेको थियो । तर महासंघले १९८८ पछि म्याराथनको छुट्टै प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

नेपाल एथ्लेटिक्स संघका पुर्व महासचिव सुनिल राजवंशी एसियन च्याम्पियनसिपमा नेपाल सहभागी नहुनु दुखद बिषय भएको बताउँछन् ।

‘दक्षिण एसियाली क्षेत्रमा म्याराथनमा नेपाल राम्रो छ । यो भन्दा माथि खेल्ने भनेको एसियन स्तरको हो ।’ उनी भन्छन्, ‘वेवसाईटमा छ, संघलाई पत्र नि आउँछ । तर नेपाली खेलाडीले भाग लिन पर्दथ्यो । यो निकै दुखदायी कुरा हो ।’

‘एसियन म्याराथनमा अन्तिममा खेलाडी पठाउछु भनेर हुदैन । तयारी अगाडीनै गर्न पर्छ । यस्तै प्रतियोगितामा एक्सपोजर दिएर खेलाडीलाई अगाडी बढाउँदै लैजाने हो । संघले तयारी गरेको भए देशले एसियन म्याराथनमा प्रतिनिधित्व गर्दथ्यो । महत्वपुर्ण अवसर गुमेको छ ।’ उनी भन्छन् ।

लामो दुरीको दौडमा नेपाल दक्षिण एसियाली देशमा उत्कृष्ट मानिन्छ । नेपालमा हालै सम्पन्न साग खेलकुदमा समेत नेपालले ५ हजार मिटर, १० हजार मिटर र म्याराथनमा स्वर्ण पदक जितेको थियो ।

१० हजार मिटर दौडको महिला स्पर्धामा सन्तोषी श्रेष्ठ, ५ हजार मिटर दौडको पुरुष स्पर्धामा गोपीचन्द्र पार्की र पुरुष म्याराथनमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका थिए ।

विभागीय टिममा आबद्व खेलाडीले भरमा नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्दै आएको छ । तर एथ्लेटिक्सको जिम्मेवार निकाय नेपाल एथ्लेटिक्स संघले आवश्यक समन्व्य नगर्दा धेरै एथ्लेटिक्स खेलाडीले अन्तराष्ट्रिय प्रतियोगिता खेल्नबाट बञ्चित हुँदै आएका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP