काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र सरस्वतीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टिमले पाएको केहि मौकामा गोल गर्न सकेनन् ।
यस्तै पहिलो हाफको इन्जुरी समयमा अन्जन राई दाहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पुलिस १० खेलाडीमा सिमित भएको थियो ।
सरस्वतीविरुद्ध पुलिस रविन श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको छ । सरस्वतीसँगको खेलसँगै डिफेन्डर रविनले फुटबलमा पुनरागमन गरेका हुन् ।
दायाँ खुट्टाको लिगामेन्टको चोटबाट मुक्त हुँदै रविन करिब डेढ वर्षपछि मैदान फर्किएका हुन् ।
आज दुवै टिम पहिलो जितको खोजीमा रहेका छन् ।
पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा थ्रीस्टार क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
पहिलो खेलमा सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
